ग्रान्ड बैंकको नाफा दोब्बरले बढ्यो, १८ करोड मुनाफा, लगानीकर्तालाइ प्रतिफल १० प्रतिशत

बिजमाण्डू
२०६९ साउन २१ गते ००:०० | Aug 5, 2012

काठमाडौं । ग्रान्ड बैंक नेपालले मुनाफा दोब्बर बढाएको छ । बैंकले ८ करोड ९० लाख रुपैयाँको नाफालाई वढाएर १८ करोड ३६ लाख रुपैयाँ पु¥याएको हो । बैंकले गत वर्षको खराव ऋण उठाएको  र ब्याज आम्दानी पनि वढाएकाले नाफा एक सय ६ प्रतिशतले वढेको हो ।
नाफाबाट बैंकले सेयरधनीलाई १० प्रतिशतसम्म नगद लाभांस दिन सक्छ । यद्यपी बैंकको प्रति सेयर आम्दानी ९.१८ रुपैयाँ छ । बैंकले ती करोड १६ लाख रुपैयाँ खराब ऋण उठाएको छ । ब्याज आम्दानी साढे आठ प्रतिशतले वढाएर ३९ करोड ८७ लाख रुपैयाँ पु¥याएको छ । गत वर्ष तरलता अभावले लगानी वढाउन नसकेको बैंकले यसपाली साढे २६ प्रतिशतले ऋण लगानी गरेकाले पनि ब्याज आम्दानी वढेको  हो ।
बैंकको कुल ऋण नौ अर्बबाट बढेर ११ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा बैंकले रियलस्टेट कर्जा छ प्रतिशतले घटाएर दुई अर्ब ४३ करोड रुपैयाँमा झारेको छ । यो कुल ऋणको २१ प्रतिशत हो ।
बैंकले तरलता सहजताको फाइदा भरपुर उठाएको छ । अघिल्लो वर्षको भन्दा ६१ प्रतिशत वढी निक्षेप संकलन गरेर बैंकले आफ्नो कारोबारको आकार वढाएको छ । बैंकले १५ अर्ब रुपैयाँ कुल निक्षेप उठाएको छ । एक बर्षको अवधिमा बैंकको कर्मचारी खर्च सवा दुई करोड रुपैयाँले वढेर १० करोड ७९ लाख रुपैयाँ पुगेको छ । कम सञ्चालन खर्च गर्नेमा बैंक अग्रणी स्थानमा पर्छ । यद्यपी पछिल्लो समयमा वढेको सञ्चालन खर्चलाई भने बैंकले चुनौतीका रुपमा लिएको छ ।
बैंकको पुँजी पर्याप्तता अनुपात १८.३७ प्रतिशत छ । खराव ऋण १.९५ प्रतिशतबाट घटेर १.२५ प्रतिशतमा आएको छ । बैंकको सेयरको मूल्य आम्दानी अनुपात २३.४१ गुणा छ । प्रति सेयर नेटवर्थ १ सय १५ रुपैयाँ छ । दुई वर्षअघि विकास बैंकबाट वाणिज्य बैंक बनेको बैंकले भर्खरै नयाँ नामबाट कारोबार थालेको हो । बैंकले डिसिबिएल बैंक नाम परिवर्तन गरी ग्रान्ड बैंक नेपाल नामबाट तीन महिनादेखि कारोबार थालेको हो ।

Tata
GBIME
Nepal Life