वेस रेट भन्दै व्याज तोक्ने योजनामा राष्ट्र बैंक, मुद्रा कोषसँग एक सातादेखि छलफल जारी

बिजमाण्डू
२०६९ साउन २१ गते ००:०० | Aug 5, 2012
वेस रेट भन्दै व्याज तोक्ने योजनामा राष्ट्र बैंक, मुद्रा कोषसँग एक सातादेखि छलफल जारी


काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याज दर नियमन गर्न ‘वेस रेट’ निर्धारणका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग मिलेर काम सुरु गरेको छ । वेस रेटका बारेमा आफ्नो राय सुझाव दिन आएको मुद्रा कोष टोलीसँग राष्ट्र बैंकले एक साता अघिदेखि काम थालेको हो ।
मुद्रा कोषले वेस रेटका बारेमा आफ्नो सुझाव आइतबार प्रस्तुत गर्दैछ । त्यसपछि राष्ट्र बैंकले सुझावलाई कानुनी भाषामा ढालेर बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिने छ, स्रोतले भन्यो । मुद्रा कोषको सहयोगमा वेस रेट निर्धारणका बारेमा अध्ययन भइरहेको छ, राष्ट्र बैंकका स्रोतले भन्यो, यसै महिनाभित्र निर्देशन जारी गर्छौं ।
निर्देशनपछि बैंक तथा वित्तीय संस्थाले आफ्नो पुँजी लागतमा सञ्चालन खर्च र नाफा जोडेर न्युनतम ब्याज दर तोक्नु पर्छ । तोकिएको ब्याज दरभन्दा कममा ऋण लगाउन पाइँदैन । वेस रेट तोकेपछि राष्ट्र बैंकले ब्याज दरमा प्रत्यक्ष नियमन गर्छ ।
अहिलेकै अवस्थामा बैंकको ब्याज दर राष्ट्र बैंकले तोकिदिए खुला बजार अर्थतन्त्र विरुद्ध गएको आरोप लाग्ने भएपछि केन्द्रिय बैंक वेस रेटको माध्यमबाट व्याज दरमा नियन्त्रण गर्न लागेको हो । स्रोतका अनुसार, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई तोकेको न्युनतम दरभन्दा केही प्रतिशत मात्र वढि व्याज राख्न पाउने निर्देशन दिने छ ।
यसले गर्दा ब्याज दर नियन्त्रण गर्न राष्ट्र बैंकलाई सजिलो हुने छ । स्रोतका अनुसार, बैंकहरुले तोकेको वेस रेटको तीनदेखि चार प्रतिशतभन्दा वढी उच्चतम ब्याज तोक्न नपाउने व्यवस्था पनि राष्ट्र बैंकले गर्ने छ । राष्ट्र बैंकले ६ वर्षअघि नै ब्याज दर बैंक तथा वित्तीय संस्थालाई तोक्न स्वतन्त्र छाडिदिएको छ ।
    

Tata
GBIME
Nepal Life