काठमाडौ । एमालेको युवा संगठन युवा संघ नेपालले गरेको चार घन्टे यातायात बन्द सकिएको छ । बन्द सकिएपछि उपत्यकाको सडकमा यातायातका साधन चल्न थालेका छन् ।
अहिले सार्वजनिक यातायात लगायतका सबै सवारी साधन चल्न थालेका छन् । संघले चार घन्टा सबै सवारी साधन ठप्प पारेका थिए । संघले प्रधानमन्त्री बाबुराम भट्टराईको राजिनामा माग गर्दै आन्दोलनको घोषणा गरेको हो । यो आन्दोलनलाई काग्रेस लगायतका विपक्षी दलले समर्थन गरेका छन् ।
आन्दोलनकर्ताले बानेश्वरमा एउटा गाडी तोडफोड गरेका थिए । उपत्यकाको विभिन्न स्थानमा भेला भएका युवाहरुले यातायात बन्द गराएका थिए । बिहानमात्र बन्द गरिएको यो पहिलो पटक हो । बन्द सफल र्पान शनिबार साँझ युवा संघले मसाल जुलुस निकालेका थिए ।
