किंगफिशरको संकट, जेटलाई फाइदा, पहिलो त्रैमासमा २५ करोड भारु नाफा

बिजमाण्डू
२०६९ साउन २० गते ००:०० | Aug 4, 2012
किंगफिशरको संकट, जेटलाई फाइदा, पहिलो त्रैमासमा २५ करोड भारु नाफा


नयाँदिल्ली । किंगफिशर एअरलाइन संकटमा परेपछि त्यसको सीधा फाइदा जेट एअरवेजलाई भएको छ । भारतीय कम्पनी जेट एअरवेज डेढ वर्षपछि पहिलोपटक नाफामा गएको विवरण सार्वजनिक भएको छ । भारतीय आर्थिक वर्ष २०१२/१३ को पहिलो त्रैमासमा जेट एअरवेजले २५ करोड भारु मुनाफा गरेको छ । यसअघिल्लो आर्थिक वर्षको समीक्षा अवधिमा जेट एअरवेजलाई एक अर्ब २३ करोड भारु घाटा लागेको थियो ।
यो वर्षको अप्रिल–जुन महिनामा कम्पनीले ४५ अर्ब ८७ करोड भारतीय रुपैयाँको कारोवार गरेको थियो । अघिल्लो वर्षको यही अवधिमा जेटले ३५ अर्ब ४१ करोड भारुको कारोवार गरेको थियो ।
जेट एअरवेजले यो अवधिमा विमान भाडामा दिर ५२ करोड रुपैयाँको आय गरेको छ । कम्पनीले यो आर्थिक वर्षमा विमान विक्री तथा भाडामा दिएर १८ अर्ब डलर पुँजी जुटाउने लक्ष्य राखेको छ । कम्पनी माथि साढे दुई अर्ब डलरको ऋण भार छ । त्यसमध्ये यो आर्थिक वर्षमा ४० देखि ५० करोड डलर भुक्तानी गर्ने योजना जेट एअरवेजको छ ।

Tata
GBIME
Nepal Life