
काठमाडौ । हाइटेक उपभोक्तालाई लक्षित गदै एजलीले एन्ड्रोइड मोवाइल फोन नेपाली बजारमा ल्याएको छ । एलजीको आधिकारिक बिक्रेता सीजी इम्पेक्सले चार वटा नयाँ मोडेल बजारमा ल्याएको हो । कम्पनीले एलजी अप्टिमस एल ३ इ ४००, अप्टिमस एल ३ इ ४०५, अप्टिमस एल ५ इ ६१२ र अप्टिमस एल ७ पी ७०५ मोडेलका मोवाइल बजारमा ल्याएको हो । एलजी अप्टिमस एल ३ इ ४०० मोबाइलमा तीन मेगापिक्सेल क्यामरा, १५४० एमएएच ब्याट्री छ । यसको मूल्य १४ हजार ९ सय ९९ रहेको छ ।
यस्तै अप्टिमस एल ३ इ ४०५ मा एक जीबीको मेमोरी छ भने यसलाई ३२ जीबीसम्म बढाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसमा ब्लुटुथ ३.०, वाईफाई ८०२.११ बी÷जी÷एन र युएसबी २.० सुविधा छन् । कम्पनीले यो मोबाइलको मूल्य १६ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ ।
अप्टिमस एल ५ इ ६१२ मा ८०० मेगाहर्ज प्रोसेसर, ४ इन्च एचभीजीए डिस्प्ले, पाँच मेगापिक्सेल क्यामरा र एन्ड्रोइड ४ को अपरेटिङ सिस्टम विशेषता रहेको छ । यसमा १५०० एमएएच ब्याट्री, ४ जीबी मेमोरी र ५ मेगापिक्सेल अटोफोकस लिड फ्ल्यास क्यामरा विशेषता छन् । यो मोबाइलको मूल्य २८ हजार ९ सय ९९ रुपैयाँ छ ।
अप्टिमस एल ७ पी ७०५ मा एक गिगाहर्ज प्रोसेसर र भी ४.०.३ एन्ड्रोइडको आइसक्रीम स्यान्डविच अपरेटिङ सिस्टम सुविधा छ । यसमा ४.३ इन्च एलसीडी टचस्क्रिन, ८००÷ ४८० पिक्सेल रिजोलुसन छ । यो मोबाइलमा ५ मेगापिक्सेल प्राइमेरी क्यामरा रहेको छ जसमा एलइडी फ्ल्यास पनि छ । यो मोबाइलको मूल्य ३८ हजार ९ सय ९९ रुपैयाँ छ ।