नयाँदिल्ली । काँग्रेस आईले राष्ट्रपति पदका लागि अर्थमन्त्री प्रणव मुखर्जीलाई उम्मेदवार बनाएपछि भारतीय प्रधानमन्त्री मनमोहन िसंहले नै अर्थमन्त्रालयको जिम्मेवारी लिएका छन् । भारतमा खुला अर्थतन्त्रका पिताका रुपमा चिनिने िसंहले अर्थमन्त्रालयको जिम्मेवारी लिएपछि प्रश्न उठेको छ के भारतीय मुद्राको अवमूल्यन अब रोकिएला
भारतमा अर्थमन्त्रीको परिवर्तनलाई नेपालमा पनि किन चासोका साथ हेरिएको छ भने भारु ओरालो लाग्दा नेपाली रुपैयाँ पनि अवमूल्यन हुँदै गएको छ । बुधवार डलरको तुलनामा नेपाली रुपैयाँको विनिमयदर ९१ रुपैयाँ ५४ पैसा तोकिएको छ । यो अहिलेसम्मकै उच्चतम विन्दुमध्येको एक हो ।
फेरी अहिले नेपाली मुद्राको अवमूल्यन हाम्रा कारणले भएको होइन यो शुद्ध भारतीय मुद्रा अवमूल्यन भएका कारणले हो । नेपाल र भारतवीच स्थिर विनिमयदर प्रणाली छ । भारु अधिमूल्यन हुँदा नेपाली मुद्रा पनि अधिमूल्यन हुन्छ अवमूल्यन हुँदा नेपाली मुद्रा अवमूल्यन हुन्छ ।
मंगलवार अर्थमन्त्रीको पनि जिम्मेवारी सम्हालेका िसंहलाई लिकबाट बाहिर गएको भारतीय अर्थतन्त्रको वृद्धिदरलाई बढाउनु र भारतीय मुद्राको अवमूल्यन रोक्नु पहिलो जिम्मेवारी हुनेछ । त्यसका लागि िसंहले अर्थमन्त्रालयको केही आधारभूत संरचनालाई परिवर्तन गर्न सक्ने आँकलन भारतीय मिडियाले गरेका छन् ।
अर्थको जिम्मेवारी लिएपछि िसंहले खर्च हेर्ने सचिव सुमित बोसलाई राजस्व र अर्थ सचिवको जिम्मेवारी हेर्ने गरी आरएस गुजरालको स्थानमा ल्याउने सम्भावना छ । यो अर्थमन्त्रालयमा कर्मचारी सेवाको सबैभन्दा उपल्लो ओहोदा हो । त्यसबाहेक युनिभसर्िटी अफ सिकागोमा अर्थशास्त्रका प्रोफेसर रहेका र हाल प्रधानमन्त्रीका आर्थिक सल्लाहाकार रघुराम राजनले पनि अर्थमन्त्रालय भित्र राम्रो जिम्मेवारी पाउने सम्भावना छ । इन्टरनेशनल मनिटेरी फण्डआइएमएफमा मुख्य अर्थशास्त्रीको जिम्मेवारी निभाइसकेका राजनलाई अर्थमन्त्रालयको मुख्य आर्थिक सल्लाहाकार बनाउने प्रस्ताव पठाइसकिएको तर उनले अहिलेसम्म निर्णय नदिएको बताइएको छ । यसबाहेक अर्थमन्त्रालयका सल्लाहाकार कौशिक बसुलाई विदा गर्ने सम्भावना छ । यसबाहेक िसंहले आफ्ना खास दुई सहयोगी केन्द्रीय बैंकका पूर्वगभर्नर सि रंगराजन र योजना आयोगका उपाध्यक्ष मोन्टेक िसंह आलुवालियासँगबाट पनि अर्थमन्त्रालयका लागि खास सहयोग लिने बताइएको छ ।
त्यसबाहेक िसंहले रोकिएको आर्थिक उदारिकरणलाई गति दिन वैदेशिक लगानीलाई आमन्त्रण गर्न अर्थमन्त्रालयमा नयाँ अनुहार पनि ल्याउने सम्भावना छ । तिनैमध्ये १९८७ व्याचका आइएस अफिसर अरविन्द मायाराम र विवेक रोयले आर्थिक मामिला विभागमा पोष्टिङ पाउने सम्भावना भएको पनि भारतीय मिडियाले लेखेका छन् ।
सन् १९९१ मा अर्थमन्त्रीका हैसियतमा भारतमा आर्थिक सुधारका कार्यक्रम सुरु गरेका सिहले फेरी त्यही जिम्मेवारी लिएका छन् । भारतमा कुल ग्राहस्थ उत्पादन ९ वर्ष यताकै तल्लोस्तरमा छ यस्तो बेला के उनले सन् १९९१ कै जादू चलाउलान् भारतमा प्रतिक्षा भैरहेको छ । नेपालमा पनि ।
