काठमाडौं । अन्तत बुधवार मात्र नेपाल स्टक एक्सचेञ्जले एनबी इन्सुरेन्सको कारोवार रोकेको छ । बुधवार नेप्स खुलेपछि स्टकले साढे ११ बजे एनबीको कारोवार रोक्ने सूचना जारी गरेको हो ।
बीमा समितिले एनबीको सबै कारोवार रोक्न मंगलवार बिहानै सूचना जारी गरे पनि स्टकले कारोवार नरोकेको भन्दै आलोचना भएको थियो । एनबी इनसुरेन्समा आर्थिक अनियमितता भएको भन्दै शुक्रवार नै समाचार प्रकासनमा आएको थियो ।
कम्पनीको विषयमा विवादस्पद जानकारी सार्वजनिक भएपछि नेप्सेले सम्वन्धित कम्पनीको स्पष्टिकरण नआउँदासम्म कारोवार रोक्नुपर्दछ । तर एनबी इन्सुरेन्सको हकमा भने बीमा समितिले सार्वजनिक सूचना नै जारी कम्पनीका सबै कारोवार रोक्का भएको जानकारी दिएको थियो ।
एनबीको कारोवार किन रोकियो ?