गज्जबको अफरः आइल्याण्डमा सहयोगीका साथ बस्नुस्, गेम चेञ्जर सफ्टवेयर बनाउनुहोस्



२०६९ साउन १६ गते ००:००
गज्जबको अफरः आइल्याण्डमा सहयोगीका साथ बस्नुस्, गेम चेञ्जर सफ्टवेयर बनाउनुहोस्


क्वालालम्पुर । तपाँईको दिमागमा कुनै गेम चेञ्जर सफ्टवेयर बनाउने सोच छ ? तर लगानीकर्ता नभएर मन थामिरहनु भएको छ ? छ भने तपाईलाई खोजिरहेको छ, ‘कम ह्याक विथ् अस ह्याकाथन’ क्याम्पेनले तपाईलाई खोजिरहेको छ, मात्र तपाईसँग सफ्टवेयर बनाउने खुबी हुनुपर्दछ, तपाँई कोडर हनुपर्दछ ।
क्याम्पेनकालागि  एकान्त मनपराउने १२ ह्याकरको खोजी भईरहको छ । क्याम्पेनका आयोजक वाल्टर हेकका अनुसार उनी १२ जना त्यस्ता सफ्टवेयर इञ्जिनियरको खोजीमा छन जो समुद्रको बिचमा रहेको टापुमा दुई महिना बसेर नयाँ र भिन्नखालको सफ्टवेयर तयार गर्न लालायित हुन ।
हेकको सुचीमा पर्नकालागि तपाँईसँग गज्जवको सफ्टवेयर भने हुनै पर्छ । किनभने उनले यस्ता दुई महिना बस्दा के गर्ने भन्ने प्रपोजल पनि मागेका छन् । यसरी वस्न चाहने युवाहरुको मनोबैज्ञानिक परीक्षण समेत गरिने छ । अन्य युवाहरुसँग घुलमिल भएर बस्न सक्ने क्षमताको जाँचकालागि यस्तो परीक्षण गरिने उनले बताए ।
फिलिपिन्सको छेउछाउमा रहने अुनमान गरिएको सो टापुमा बस्नकालागि छनौट हुने युवालाई खाना पकाउने, लुगा धुने लगायत अन्य केहि कुराको समस्या हुने छैन् किनकी हरपल तपाईका अघि एक जना सेवक हाँजिर हुनेछन ।
आलिसान बंगलाका सुविधासम्पन्न कोठामा बसेर कोडिङ गर्ने, पार्टी गर्न रुचाउने र हल्लावाजहरुका लागि भने यो प्रोजेक्टमा कुनै काम छैन । हेकका अनुसार टापु मुख्य शहरबाट टाढा भए पनि विजुलीको राम्रो व्यवस्था हुनेछ, जहाँ शहरसँग माइक्रोवेभ कनेक्टिभिटी पनि गरिने छ । युवाहरुमा भएको रचनात्मक विचारलाई मुर्त रुप दिन यस्तो क्याम्पेन आयोजना गर्न लागेको उनले बताए । उनको यो अभियानमा चासो दिंदै चार हजार युवाले आवेदन दिएका छन्, तपाई पनि आवेदन गर्ने की ? बीबीसीबाट


Sunrise Bank
TATA
GBIME