बीएमडब्लु थ्री सिरिजको गाडी विक्री सुरु, भारतमा मूल्य ३७ लाख भारु

बिजमाण्डू
२०६९ साउन १४ गते ००:०० | Jul 29, 2012
बीएमडब्लु थ्री सिरिजको गाडी विक्री सुरु,  भारतमा मूल्य ३७ लाख भारु


नयाँ दिल्ली । भारतमा सुविधा सम्पन्न जर्मनी कार बीएमडब्लु ३ को बिक्री सुरु भएको छ । यो कारको बिक्री शुभारम्भ भारतका मास्टर ब्लास्टर क्रिकेटर सचिन तेन्दुलकरले गरेका हुन् ।  यो कार पेट्रोल र डिजेल दुबै सेगमेन्टमा उपलब्ध छ । बीएमडब्लु पेट्रोल कारको मूल्य २८ लाख भारु छ भने डिजेल कारको मूल्य ३७ लाख भारु छ । सबै बीमएमडब्लु कारमा उच्च प्रविधिका सामानहरु छन् जसले यात्रु र चालकलाई आरामदायी यात्रामा सघाउँछ ।
यसको आर्कषक डिजाईनले ग्राहकलाई लोभ्याउने कम्पनीको दावी छ । भारतमा विलासी कारको बजार हिस्सामा बीएमडब्लुको ४० प्रतिशत बजार हिस्सा छ । आर्थिक मन्दीले कार बिक्रीमा एक वर्ष समस्या आए पनि अहिले फेरी पुरानै अवस्थामा रहेको कम्पनीले जनाएको छ ।
कारको शुभारम्भपछि तेन्दुलकरले बीएमडब्लु कार आफ्नो ‘प्यासन’ रहेको बताए । यो कार अत्यन्तै रामं्रो र सुरक्षित मानिएको छ । यो कारले मलाई प्रभावित बनाएको छ, उनले भने, यसको आन्तरिक डिजाईन पनि अत्यन्तै आर्कषक छ भने बस्नका लागि भित्र धेरै ठाउँ छ ।

Tata
GBIME
Nepal Life