शारदा ग्रुपको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा, अस्पताल मै हेलिप्याडको सुविधा

बिजमाण्डू
२०६९ साउन १४ गते ००:०० | Jul 29, 2012
शारदा ग्रुपको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा, अस्पताल मै  हेलिप्याडको सुविधा

काठमाडौ  । शारदा ग्रुपको सुविधा सम्पन्न बयोधा अस्पताल सञ्चालनमा आएको छ । काठमाडौको बल्खुमा स्थापना भएको यो अस्पतालको ५० शय्या रहेको छ । यो अस्पतालको उद्घाटन समाजसेवी अनुराधा कोइराला र अस्पतालका बरिष्ठ चिकित्सकहरुले संयुक्त रुपमा गरेका हुन् । अस्पतालले इमरजेन्सी, ओपीडी र विशेषज्ञ सेवा दिने जनाएको छ ।
बयोधाले नयाँ दिल्लीको मुटु उपचारमा प्रसिद्ध मानिएको फोर्टिस एस्कर्टसँग सम्झौता गरेर मुटुको उपचारका लागि विशेष युनिट समेत स्थापना गरेको छ । यो युनिटबाट विशिष्ट प्रकारको विशेषज्ञ सेवा उपलब्ध गराउने जनाएको छ । अस्पतालमा उपलब्ध हुने चिकित्सकहरुको नाम र परामर्शका लागि दिइने समयबारे व्यवस्था मिलाइने जनाएको छ । अस्पतालको रुफटफमा हेलिप्याडको समेत व्यवस्था रहेको अस्पताल व्यवस्थापनले जनाएको छ ।

Tata
GBIME
Nepal Life