प्राकृतिक विपत्तीलाई कोष, महानगरले थप्यो घरधनीलाई सय रुपैयाँको बोझ

बिजमाण्डू
२०६९ साउन १३ गते ००:०० | Jul 28, 2012

काठमाडौ । काठमाडौ महानगरभित्र रहेका सबै घरपरिवारले चालु वर्षदेखि एक सय रुपैयाँ अतिरिक्त कर तिर्नुपर्ने भएको छ । काठमाडौ महानगरपालिकाले यो वर्षदेखि प्राकृतिक विपत्ति सहायता कोषका लागि प्रत्येक घरबाट एक सय रुपैयाँ लिने निर्णय गरेको हो । यो रकम भुकम्प लगायत प्राकृतिक विपत्ति आएमा प्रयोग गरिनेछ । महानगरभित्र कुनै प्राकृतिक विपत्ति गएमा नियन्त्रण गर्ने स्रोत र साधन महानगरपालिकासँग छैन ।

Tata
GBIME