तिब्बत एअरलाइन्सको पहिलो अन्तराष्ट्रिय गन्तब्य काठमाडौं तर तीन वर्ष भित्र

बिजमाण्डू
२०६९ साउन १२ गते ००:०० | Jul 27, 2012
तिब्बत एअरलाइन्सको पहिलो अन्तराष्ट्रिय गन्तब्य काठमाडौं तर तीन वर्ष  भित्र

ल्हासा । तिब्बत एअरलाइन्सले आफ्नो पहिलो अन्तराष्ट्रिय गन्तब्य काठमाडौं हुने घोषणा गरेको छ । तर यो यात्राका लागि केही समय भने लाग्न सक्छ । कम्पनीले तीन वर्ष भित्र नेपालको सेवा सुचारू गर्ने जानकारी दिएको छ । चीन स्वशासित तिब्बतको सरकारी विमान कम्पनी तिब्बत एअरलाइन्सको पहिलो वार्षिकोत्सवमा यो घोषणा गरिएको हो ।
तिब्बत एअरलाइन्सले विहिवार ल्हासामा पहिलो वार्षिकोत्सव मनाएको थियो । तिब्बत सरकार र एअर चाइन समूहको लगानी भएको तिब्बत एअरलाइन्सले गतवर्ष तीन लाख ९७ हजार यात्रु ओसारेको कम्पनीका कार्यकारी निर्देशक चेङ हुइले जानकारी दिए ।
तिब्बत एअरलाइन्ससँग अहिले तीन वटा विमान छन्, यी विमानले तिब्बतबाट चीनका प्रमुख शहरहरु चेङदु, चोङकिङ, जिनिङ र ल्यानझाउमा उडान भरिरहेको छ ।
कम्पनीले यो वर्ष थप तीनवटा विमान किन्ने र चीनका मुख्य शहरहरुसँग तिब्बतलाई जोड्ने छ । कम्पनीले आफ्ना महत्वाकांक्षी योजना सार्वजनिक गर्दै आगामी केही वर्षमा तिब्बतलाई हवाई उडानबाट दक्षिण एशियासँग जोड्ने जानकारी दिएको छ । सिन्ह्वा

Tata
GBIME
Nepal Life