निक्षेप तान्न सरकारी बैंक पनि प्रतिस्पर्धामा, कृषि विकास बैंकको विशेष मुद्धति निक्षेप योजना

बिजमाण्डू
२०७० असार ११ गते ००:०० | Jun 25, 2013

काठमाडौं । सरकारी स्वामित्वका बैंकले पनि निक्षेप तान्न आर्कषक ब्याजदर दिन थालेका छन् । निजी वाणिज्य बैंक सरह प्रतिस्पर्धामा उर्तान उनीहरुले विशेष निक्षेप योजना ल्याइरहेका छन् । यसै सिलसिलामा कृषि विकास बैंकले विशेष मुद्धति निक्षेप योजना सञ्चालन ल्याएको छ । बैंकले ल्याएको यो योजनामा दश लाखसम्म निक्षेप गर्ने ग्राहकले दश प्रतिशत ब्याज पाउनेछन् । एक वर्ष अवधिको यो योजना वाहेक बैंकले अन्य निक्षेप र कर्जाको ब्याजदर भने यथावत राखेको जनाएको छ ।

Tata
GBIME