काठमाडौं । सिमेन्ट उद्योगी गुणस्तर चिन्ह लिन गुणस्तर तथा नापतौल विभागमा आवेदन दिन थालेका छन् । पछिल्लो समयमा गुणस्तर चिन्ह नलिएका उद्योगलाई कारवाहीको तयारी गरेको थियो । मुलुकको विभिन्न स्थानमा रहेका सिमेन्ट उद्योगको अनुगमन गुणस्तर तथा नापतौल विभागले गरेको थियो । अनुगमनको क्रममा धेरै उद्योगले गुणस्तर चिन्ह नलिएको पाइएको थियो । यसै क्रममा नारायणी सिमेन्ट र शिवम् सिमेन्टले गुणस्तर चिन्ह पाएका छन् । पछिल्लो समयमा यी उद्योगले गुणस्तर चिन्ह पाएका हुन् । कम्पनीले आइतबार पत्रकार सम्मेलन गर्दै कम्पनीका अध्यक्ष सुरेन्द्र गोयलले गुणस्तरमा सम्झौंता नगरिने प्रतिवद्धता जनाए । यो उद्योगले दैनिक १ हजार २ सय टन सिमेन्ट उत्पादन गर्छ ।
