अपडेटः बीमा समितिका कार्यकारी निर्देशक विनोद अर्याललाई तत्काल बर्खास्त नगर्न सर्वोच्चले बुधवार स्टे अर्डर दिएको छ । अर्याल बीमा समितिको कारवाही विरुद्ध स्टे अर्डर माग्दै दुई दिन पहिले सर्वोच्च पुगेका थिए । सर्वोच्चका कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माको बेञ्चले अर्याललाई बर्खास्त नगर्न आदेश दिएको हो । बीमा समितिले कार्यकारी निर्देशक अर्याललाई बुधवार बिहान बर्खास्त गरेको थियो । अर्यालले कार्यकारी निर्देशक नियुक्ति हुँदा अयोग्यता लुकाएको तथा समितिमा रहँदा व्याक्तिगत फाइदा लिएको आरोप समितिले लगाएको थियो ।