काठमाडौ । सरकारले ट्राफिक प्रहरीलाई स्वविवेकीय अधिकार प्रयोग गर्न दिएको निर्णय फिर्ता नभए साउन २६ गतेबाट देशभर अनिश्चितकालिन यातायात बन्द गर्ने यातायात व्यवसायी र त्यससँग सम्वद्ध मजदुर संगठनले घोषणा गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको बुधवार बसेको संयुक्त बैठकले यातायात बन्दको निर्णय गरेको हो । सरकारले गत चैत २४ गते ट्राफिक जरीवानामा अत्याधिक वृद्धि गरी ट्राफिक प्रहरीलाई २ सयदेखि १ हजारसम्म जरीवाना गर्न पाउने अधिकार दिएको थियो । संयुक्त रुपमा जारी विज्ञप्तिमा ट्राफिक प्रहरीले कुनै सवारी चालकको चालक अनुमति पत्र लगेमा बुधबारबाटै लिन नजाने निर्णय समेत गरेको छ ।
