स्ट्रवेरी र प्लम तथा बेरी र ग्वाभाको मिश्रण गरेर डाबरका दुई नयाँ फ्लेवरका जुस बजारमा

बिजमाण्डू
२०७० जेठ ३० गते ००:०० | Jun 13, 2013
स्ट्रवेरी र प्लम तथा बेरी र ग्वाभाको मिश्रण गरेर डाबरका दुई नयाँ फ्लेवरका जुस बजारमा


काठमाडौं । डाबर नेपालले सुपरफ्रुट समूह अन्तर्गत दुई नयाँ जुसः रियल सुपा फ्रुट्स स्ट्रबेरी एण्ड प्लम र रियल सुपा फ्रुट्स गोजी बेरी एण्ड ग्वाभा जुस बजारमा उपलब्ध गराएको छ । रियल सुपा फ्रुट जुस सुपर फ्रुट्सको उत्कृष्ट स्वादका साथै पौष्टिकता र एण्टिअक्सिडेण्टको गुणहरुले भरिपूर्ण भएको कम्पनीको दावी छ ।
पोषण विज्ञहरुद्वारा सर्वश्रेष्ठ भनी विश्वास गरिएका यी गुणहरुमा एण्टिअक्सिडेण्ट, फाइबर, भिटामिन र मिनरल्स्चाहिने मात्रामा रहेको र यसमा स्वस्थ बनाउने अन्य पोषक तत्वहरु पनि पाइने कम्पनीले जारी विज्ञप्तिमा छ । रियल स्ट्रबेरी एण्ड प्लम, स्ट्रबेरी, प्लम र क्य्रानबेरी जस्ता सुपर फ्रुट्सको समिश्रण भएको जानकारी कम्पनीले दिएको छ ।
यी फलहरुमा भिटामिन सि को महत्वपूर्ण स्रोत मानिन्छ भनें भिटामिन ए को परिमार्जित र फ्लेभोन्वाइड्सको स्रोतको रुपमा परिचित छन् । प्लम र स्ट्रबेरी अत्यन्त पौष्टिकतापूर्ण र बच्चाहरुले अधिक मनपराउने फलको रुपमा रहेको दावी पनि कम्पनीको छ । यसैगरी रियल गोजी बेरी एण्ड ग्वाभामा गोजी बेरी, अम्बा र प्यासन फल जस्ता सुपर फ्रुट्सको समिश्रण रहेको छ । यी फलहरु भिटामिन सि र भिटामिन ए को राम्रो स्रोत हुन् । गोजी बेरीहरुमा उच्च अक्सिजन ग्रहण गर्ने क्षमता हुन्छ भने ग्वाभा तिनको उत्कृष्ट स्वाद र सुन्दर गुलाबी रङ्गका लागि सर्वप्रिय छ र अत्यन्त पोषक मानिन्छ ।
डाबर नेपालका बजार प्रमुख अभयप्रसाद गोर्खालीले भने ‘हामीले उपभोक्ताहरुका लागि नयाँ नयाँ प्रकारका स्वादहरु क्रमशः उपलब्ध गराइरहेका छौं । यी नयाँ स्वादहरुले ग्राहकहरुको विशिष्ट स्वाद पाउने उत्कृट चाहनालाई पूरा गरिदिनेछ साथै यसमा अतिरिक्त पोषण पनि भरपुर रहेको छ ।’

Tata
GBIME