एभरेष्टको म्याचिङ रोकिएन, कर्णालीका सेयरधनीले कमाए, हामाका सेयरधनीले गुमाए

बिजमाण्डू
२०६९ साउन १० गते ००:०० | Jul 25, 2012
एभरेष्टको म्याचिङ रोकिएन, कर्णालीका सेयरधनीले कमाए, हामाका सेयरधनीले गुमाए

काठमाडौं । बुधबार सेयर बजारमा एभरेष्ट बैंकको उच्च कारोबारले समग्र कारोबार बढाए पनि समग्र नेप्से परिसूचकलाई बढाउन सकेन । परिसूचक १.२६ अंकले घटेर ४०५.०२ मा आईपुगेको छ । नेप्सेसँगै अन्य मूख्य परिसूचक पनि घटेका छन् ।
बुधबार १४ करोड ५२ लाखको कारोबार भएको छ जुन अघिल्लो दिनको तुलनामा करिव दोब्बर हुन आउँछ । मंगलबार सात करोड ६६ लाखको कारोबार भएको थियो । यस दिन एभरेष्ट बैंकको कारोबार उच्च (कुल कारोबारको ४४ प्रतिसत) भएको छ । एभरेष्टको छ करोड ३४ लाख रुपैंया बराबरका एक हजार ७२ कित्ता सेयर कारोबार भएकोमा पाँच करोड ८० लाख बराबरको म्याचिङ गरिएको छ ।
म्याचिङ गराउने मुख्य ब्रोकर कम्पनीहरुमा २५ नम्बरको श्वेता सेक्युरिटिज प्रा.लिले तीन करोड ९१ लाखको ३६ हजार चार सय ४६ कित्ता र छ नम्बरको अग्रवाल सेक्युरिटिज प्रा.लि. एक करोड ८९ लाख बराबरका १७ हजार ५ सय ३२ कित्ता सेयर रहेका छन् । अघिल्लो आर्थिक वर्षको अन्तिम साता उच्च संख्यामा म्याचिङ भएपछि  एभरेष्टको उच्च मात्रामा म्याचिङ भएको पहिलो पटक हो । परिसूचक लगातार दोस्रो दिन ओरालो लाग्दा कर्णाली विकास बैंकका सेयरधनीले लगातार दोस्रो दिन उच्च लाभ प्राप्त गरेका छन् ।
कर्णालीको सेयर मूल्य प्रति सेयर साच रुपैंयाले (१० प्रतिसत) बढेर ७७ रुपैंया पुगेको छ । यसैगरी हामा मर्चेण्ट एण्ड फाइनान्सका लगानीकर्ता बुधबार गुमाउनेमा परेका छन् । हामाको मूल्य प्रति सेयर १५ रुपैंयाले (६.५८ प्रतिसत) घटेर प्रति सेयर २१३ मा आएको छ ।

Tata
GBIME
Nepal Life