तीन सातापछि डलरको पारो फेरी चढ्यो, बुधवार ९० रुपैयाँको सीमा नाघ्यो

बिजमाण्डू
२०६९ साउन १० गते ००:०० | Jul 25, 2012
तीन सातापछि डलरको पारो फेरी चढ्यो, बुधवार ९० रुपैयाँको सीमा नाघ्यो


काठमाडौं । तीन सातापछि डलरको पारो फेरी चढेर ९० रुपैयाँको सीमा पार गरेको छ ।  नेपाल राष्ट्र बैंकले बुधवारका लागि डलरको सटही दर ८९ रुपैयाँ ९१ पैसा तोके पनि बाणिज्य बैंकहरुले सटही दर ९० रुपैयाँ ३५ पैसा तोकेका छन् ।
बाणिज्य बैंकहरुले भारतीय बजारमा हुने उतारचढावलाई आधार मान्दै डलरको सटही दर तोक्ने गर्छन । तीन साता अघि प्रति डलर ९० रुपैयाँको सीमाभन्दा तल ओर्लेपछि ८८ र ८९ रुपैयाँको वरिपरि घुमिरहेको थियो । अमेरिकी अर्थतन्त्रमा भएको सुधार र भारतीय अर्थतन्त्रमा अपेक्षा अनुरुपको प्रगति नभएपछि भारु अवमूल्यन भएको हो । नेपाल र भारतवीचको स्थिर विनिमयदरका कारण भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुन्छ ।  

Tata
GBIME
Nepal Life