लक्ष्मी मित्तलले बेलायतकै सबैभन्दा महँगो घर बेच्ने, खरिदभन्दा विक्री मूल्य दुर्इ अर्ब घट्यो

बिजमाण्डू
२०७० जेठ १३ गते ००:०० | May 27, 2013
लक्ष्मी मित्तलले बेलायतकै सबैभन्दा महँगो घर बेच्ने, खरिदभन्दा विक्री मूल्य दुर्इ अर्ब घट्यो


लण्डन । विश्वका सबैभन्दा धनी भारतीय लक्ष्मीनिवास मित्तलले मध्य लण्डनस्थित एउटा घर विक्री गर्ने निर्णय गरेका छन् । यो घर उनले सन् २००८ मा ११७ मिलियन पाउण्ड (१६ अर्ब नेपाली रुपैयाँ)मा खरिद गरेका थिए । यो त्यतिबेला बेलायतको सबैभन्दा महँगो घर बताइएको थियो ।
अब यो घर ११० मिलियन पाउण्ड (१५ अर्ब नेपाली रुपैयाँ)मा विक्री गर्ने तयारी भैरहेको छ । मित्तलले यो घर किनेर छोरा आदित्य मित्तललाई उपहार दिएका थिए । उनले त्यतिबेला यो घर इजरायली–अमेरिकी नोम गाट्सम्यानसँग खरिद गरेका थिए । १२ बेडरुम वाला यो घरमा आदित्य मित्तलले भने कहिल्यै पनि बास भएन । यो घर मित्तलको कम्पनी आर्सेलर मित्तलको नाममा भए नभएको स्पष्ट नभएको पनि बीबीसीले लेखेको छ ।
१४ हजार ७३६ हजार स्क्वायर फुटमा फैलिएको यो घरको पहिलो तलामा मास्टर बेडरुम छ भने अलग्गै एउटा डे«सिङ्ग रुप् पनि छ । आदित्य मित्तल आर्सेलर मित्तलका प्रमुख वित्त अधिकारी हुन् । घरमा एउटा आर्ट ग्यालरी, बच्चाको पढाइ र होमवर्कका लागि छुट्टाछुट्टै कोठा छन् । तर घरमा स्वीमिङ्ग पुल भने छैन् ।
लक्ष्मी मित्तल आफै भने भने केनसिंगटन प्यालेसस्थित घरमा बस्छन्, अरबपतीको घरको लामो लाइन भएको यो क्षेत्रमा बेलायतस्थित नेपाली दूतावासको भवन समेत छ । नेपाल सरकारले यो भवन विक्रीको प्रयास गरिरहेको छ भने सर्वसाधरण नेपालीले त्यसको विरोध गरिरहेका छन् । रोमन अब्रामोविच, लेन वाल्वाटनिक जस्ता अरवपतीहरु मित्तलको यही घरका छिमेकी पनि हुन् ।
चीनमा फलामको मागमा आएको कमीले मित्तलको सम्पत्ती पछिल्लो वर्ष दूई अर्ब ७० करोड पाउण्डले कम भएको छ । यही कारण लगातार आठ वर्षदेखि बेलायतकै धनीको पगरी पाएका उनी यो सूचीमा रुसी उद्योगपति अलिसर उस्मानोवसँग पछि परेका छन् ।
मित्तलले छोरालाई किन्दिएको र आफू बसिरहेको घरसँगै लण्डनमा छ र भारतमा दुई घर छन् । मित्तलले आफू बसिरहेको घर ५७ मिलियन पाउण्ड झण्डै ७७ अर्ब नेपाली रुपैयाँमा खरिद गरेका हुन् । यो फिलिपिन्सको लण्डनस्थित पुरानो दूतावासको भवन हो । यो भवन उनले छोरी वनिशाका लागि उपहार दिएका छन् ।

Tata
GBIME