काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड चैतमा पनि घाटामा गएको छ । तीन महिनाअघिको तुलनामा घाटा कम भएपनि कारोबार भने घट्दै गएको छ । अघिल्लो वर्षको चैतमा कम्पनी ४ करोड ४२ लाख रुपैयाँ नाफामा थियो । कम्पनीले चैतमा कुल बिमा शुल्क ३० करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष ५९ करोड ५७ लाख रुपैयाँ आर्जन गरेको थियो । कम्पनीले अघिल्लो वर्ष १६ हजार २ सय ७१ वटा बिमालेख जारि गरेकोमा यसपाली जम्मा ८ हजार ४३ वटा मात्र जारि गरेको छ । नवीकरण संख्या पनि घटाउँदै लगाएको छ ।
नियामक निकाय बिमा समितिसँगको लडाइपछि कम्पनीले कारोबार घटाउँदै लगेको छ । बिमा समितिले कारवाहीमा परेको भन्दै एभरेष्ट इन्स्योरेन्स कम्पनीको लाइसेन्स नवीकरण समेत गरिदिएको छैन । वार्षिक रुपमा नवीकरण गर्नु पर्ने एभरेष्ट इन्स्योरेन्सको लाइसेन्सको समय चैत मसान्तमा सकिएको थियो ।
कम्पनीले चालु आर्थिक वर्षको असार मसान्तसम्म पुँजी वृद्धि गर्नु पर्ने भएपनि कुनै पुँजी योजना ल्याएको छैन । अहिले कम्पनीको चुक्ता पुँजी १० करोड १२ लाख ५० हजार रुपैयाँ छ । समितिले गैरजीवन बिमा कम्पनीहरुलाई पुँजी २५ करोड पुर्याउन निर्देशन दिइसकेको छ । पुँजी वृद्धि गर्न एभरेष्टसँग दुई वटा विकल्पहरु छन्, वोनस सेयर र हकप्रद । कम्पनी कारवाहीमा परेपछि सर्वसाधार सेयरधनीको एभरेष्टप्रति विश्वा हटिसकेको छ । सर्वसाधारणको विश्वास नभएका कारण हकप्रदबाट पैसा संकलन हुने अवस्था छैन ।
समितिले गत भदौमा गरेको कारवाही फुकुवा भएपछि मात्र लाइसेन्स नवीकरण गर्न सकिने जनाएको छ । समितिले भदौ १३ गते एभरेष्टले हिमालयन स्न्याक्सको दावीमा सर्वेयरको अन्तिम प्रतिवेदन नआउँदै बिमा रकम भुक्तानी गरेको भन्दै अग्नी बिमा कारोबारमा रोक लगाएको थियो। एभरेष्टको कुल कारोबारमा अग्नी बिमाको हिस्सा २० प्रतिशत हुन्छ। समितिले १० महिनादेखि अग्नी बिमामा रोक लगाएकाले एभेष्टको कारोबार घटेको छ। समिति स्रोतका अनुसार, एभरेष्टले सर्वेयरको पूर्ण प्रतिवेदन आउनु पूर्व भुक्तानी गरेको चार करोड रुपैयाँ फिर्ता नल्याएसम्म कारवाही फुकुवा हुँदैन। समितिको स्थलगत निरिक्षण प्रतिवेदनमा एभरेष्टले तीन पटक गरेर मायोज चाउचाउ उत्पदान गर्ने हिमालयन स्न्याक्सलाई चार करोड रुपैयाँ गैरकानुनी रुपमा भुक्तानी गरेको उल्लेख छ। प्रतिवेदनका आधारमा समितिले एभरेष्टलाई कारवाही गरेको थियो।
कारवाहीको केही महिनापछि समितिले सबै बिमा कम्पनीहरुलाई जारी गरेको ‘संस्थागत सुशासन निर्देशिका पालना गर्न नसकिने भन्दै एभरेष्टले सम्पूर्ण कारोबार रोकेपछि समिति–एभरेष्टबीच विवाद अझ चर्किएको थियो। समितिको हस्तक्षेपपछि नयाँ कारोबार रोकेको नौं दिनपछि एभरेष्टले कारोबार सुचारु गरेको थियो। विवादकै बीच कम्पनीका अध्यक्ष राजेन्द्र खेतानले सञ्चालक समितिबाट राजिनामा गरेका थिए।