काठमाडौं । माछापुच्छ्रे बैंक ९ करोड ८३ लाख रुपैयाँ नाफामा गएको छ । एभ्को इन्टरनेशनललाई दिएको ऋण डुवेका कारण बैंक गत वर्ष ६६ लाख रुपैयाँ मात्र नाफामा थियो । बैंकको प्रति सेयर आम्दानी ३.९७ रुपैयाँ छ । बैंकले अर्को आर्थिक वर्षपछि मात्र सेयरधनीलाई प्रतिफल दिने लक्ष्य लिएको छ ।
बैंकको नोक्सानी व्यवस्था (प्रोभिजनिङ) का लागि ३३ करोड ५३ लाख रुपैयाँ छुट्याएको छ । यो रकम तीन महिनाअघिको भन्दा दोब्बर हो । बैंकले एभ्को इन्टरनेशनलाई दिएको ऋण वासलातबाट अपलेखन गरिसकेको छ ।
घरजग्गामा गरेको लगानी नउठेपछि किस्ट बैंक भने यो त्रैमासमा पनि घाटामा गएको छ । बैंक गत वर्षदेखि लगातार घाटामा छ । बैंकले पुसको भन्दा केही कम गर्दै चैतमा घाटा ५ करोड ५० लाख रुपैयाँमा झारेको छ ।
बैंकले ऋण नउठेपछि ५२ करोड रुपैयाँ प्रोभिजनिङ गरेको छ । घरजग्गा कारोबारमा सुधार आउने वित्तिकै ऋण उठ्ने थालेपछि बैंकले यो रकमलाई नाफामा देखाउन पाउँछ ।
कुमारी बैंकले नाफा दोब्बरले वृद्धि गरेको छ । गत वर्ष ८ करोड ५९ लाख रुपैयाँ नाफा गरेको बैंकले यसपाली १६ करोड ८२ लाख रुपैयाँ कटाएको छ । नाफा वढेसँगै बैंकको प्रति सेयर आम्दानी २२.२५ रुपैयाँ पुगेको छ । बैंकको प्रति सेयर नेटवर्थ १५८.७१ रुपैयाँ छ ।