काठमाडौं । नेपाल उद्योग परिसंघले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धमा तयार गरिएको ऐनको मस्यौदाका विषयमा उद्योगीहरु, संबन्धित विषयका विज्ञहरु र सरकारका वरिष्ट पदाधिकारीहरुवीच नेपालका पाँचवटै विकास क्षेत्रमा सार्वजनिक निजी सम्वाद सुरु गरेको छ ।
प्रस्तावित मस्यौदामा सम्बन्धित लगानीकर्ताहरु एवं सरोकारबालाहरुसँग राय सुझाव लिने उद्देश्यले पहिलो चरणमा नेपालगञ्ज, वुटवल र हेटौडामा कार्यक्रम गरिएको छ । दोश्रो चरणमा विराटनगरमा र तेश्रो चरणमा काठमाण्डौमा आयोजना गरिने छ ।
सरकारले अमेरिकी सहयोग नियोग अन्र्तगतको निट कार्यक्रमको सहयोगमा तयार गरिएको उक्त ऐनको मस्यौदा सम्बन्धित व्यक्तिहरु र संस्थाहरुको राय सुझाव संकलनको क्रममा सार्वजनिक निजी सम्बादको छलफल कार्यक्रम आयोजना गर्ने जिम्मा परिसंघलाई दिएको थियो ।
परिसंघ नेपालगञ्ज च्याप्टर, रुपन्देही उद्योग संघ, वुटवल र उद्योग संघ हेटौडा समेतको सहआयोजनामा क्रमशः नेपालगंज, वुटवल र हेटौडामा छुट्टा छुट्टै कार्यक्रम अयोजना गरिएको हो । नेपालगंज र वुटवलमा उपाध्यक्ष हरिभक्त शर्मा र हेटौडामा उपाध्यक्ष सतिष कुमार मोरले प्रमुख अतिथिको रुपमा भाग लिएका थिए ।