सिद्धार्थ डेभलपमेन्ट बैंकको सुन चाँदी कर्जा, तेस्रो त्रैमाससम्ममा पाँच अर्बको निक्षेप

बिजमाण्डू
२०७० बैशाख १२ गते ००:०० | Apr 25, 2013

काठमाडौं । सिद्धार्थ डेभलपमेण्ट बैंकले सुन–चांदी कर्जाको शूरुवात गरेको छ । ग्राहकको सून–चांदी तथा गरगहना धितो राखी कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । आवश्यकतानूसार कर्जा लिन र चूक्ता गर्न सकिने पनि बैंकले जानकारी दिएको छ । यो सेवा बैंकको न्यूरोड शाखाबाट प्राप्त हुने कम्पनीले जानकारि दिएको छ ।
बैंकको अहिले देशभर १८ शाखा रहेको, चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले पाँच अर्ब दुई करोड रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ६० करोड कर्जा लगानी गरेको छ । बैंकले हाल विभिन्न निक्षेप तथा कर्जा योजना, रेमिट्यान्स, अवकाश कोष एबीबीएस बैंकिङ, सन्ध्याकालीन काउण्टर मोवाइल फोनको बिल भूक्तानी लगायतका सेवा प्रदान गर्दै आइरहेको बैंकका कामु प्रमुख कार्यकारी अधिकृत सतिश कार्कीले जानकारि दिएका छन् ।

Tata
GBIME
NLIC