सुनले आफ्नो चमक देखाउन थाल्यो, फेरी पाँच सय रुपैयाँ बढ्यो, चाँदी भने अझै उस्तै



बिजमाण्डू
२०७० बैशाख ८ गते ००:०० | Apr 21, 2013
सुनले आफ्नो चमक देखाउन थाल्यो, फेरी पाँच सय रुपैयाँ बढ्यो, चाँदी भने अझै उस्तै

काठमाडौं । साताको पहिलो दिनै आइतवार सुन पाँच सय रुपैयाँले महँगो भएको छ, आइतवारका लागि नेपाल सुन चाँदी व्यवसायी महासंघले प्रतितोला ५० हजार पाँच सय रुपैयाँ तोकेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएपछि त्यसको असर आन्तरिक बजारमा परेको हो । आइतवार चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएन । अन्तराष्ट्रिय बजारमा चाँदी अझै पनि स्थिर हुन सकेको छैन् । यसअघि शुक्रवार पनि सुन तोलाको पाँच सय रुपैयाँ बढेर कारोवार भएको थियो । अघिल्लो साता सुनमा अहिलेसम्मकै ठूलो छ हजार तीन सय रुपैयाँको गिरावट आएपछि प्रतितोला ४९ हजार पाँच सय रुपैयाँमा झरेको थियो ।

Tata
GBIME
Zonsen