ग्यास उद्योग संघमा अरु पदाधिकारी बोल्न प्रतिवन्ध, ग्यासको कोटा संघमार्फत पठाउन उर्दी

बिजमाण्डू
२०७० बैशाख ४ गते ००:०० | Apr 17, 2013

काठमाडौं । नेपाल एलपी ग्यास संघमा शिवप्रसाद घिमिरे निर्वाचित भएपछि अरु पदाधिकारीलाई बोल्न प्रतिवन्ध लगाएका छन् । ग्यासको कुनैपनि समाचारको बारेमा ‘पत्रकार’सँग प्रतिक्रिया नदिन उनले निर्देशन दिएका हुन् ।
‘ग्यासको कुनैपनि समाचारको बारेमा अरु पदाधिकारी बोल्न पाइनेछैन,’ संघका एक सदस्यले भने, ‘बोल्नैपर्ने भए म बोल्छु नभए महासचिव बोल्नुहुनेछ ।’ घिमिरे आएपछि अघोषित रुपमा संघका कार्टेलिङ सुरु भएको छ । उनले सबै ग्यास उद्योगलाई आफ्नो कोटा पठाउन निर्देशन दिएका छन् । स्रोतका अनुसार संघलेनै ग्यासको कोटा निर्धारणको लागि आयल निगममा पठाउनेछ । अहिले प्रत्येक ग्यास कम्पनीले आफैले निगम गएर कोटा पाउँदै आएका थिए ।
यसअघि सरकारले जारी गरेको पेट्रोलियम कारोबारमा निजी क्षेत्र खुल्ला गर्न जारी भएको नियमन आदेशका विरुद्ध सर्घष समिति बनाउँदा नेपाल पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहोराले मात्रै बोल्न पाउने निर्णय गरिएको थियो ।

Tata
GBIME
NLIC