सुन तोलामा दुई सय रुपैयाँ महँगो, चाँदी पनि महँगियो, कच्चा तेलको भाउ पनि बढ्यो



बिजमाण्डू
२०६९ साउन ७ गते ००:०० | Jul 22, 2012
सुन तोलामा दुई सय रुपैयाँ महँगो, चाँदी पनि महँगियो, कच्चा तेलको भाउ पनि बढ्यो

काठमाडौं । सुन तोलामा दुई सय रुपैयाँले महँगो भएको छ भने चाँदी पनि प्रतितोला छ रुपैयाँले महँगो भएको छ । आइतवारका लागि नेपाल सुनचाँदी व्यवसायी संघले छापावाल सुन प्रतितोला ५५ हजार आठ सय रुपैयाँ तोकेको छ भने तेजावी सुनको मूल्य ५५ हजार पाँच सय ५० रुपैयाँ तोकेको छ ।
शुक्रवार नेपालमा छापावाल प्रतितोला सुनको मूल्य ५५ हजार छ सय रुपैयाँ मात्र थियो, तेजावी सुनको मूल्य ५५ हजार तीन सय ५० रुपैयाँ मात्र थियो । चाँदी पनि छ रुपैयाँ महँगो भएपछि आइतवार प्रतितोला एक हजार १० रुपैयाँ भएको छ । यसअघि चाँदी एक हजार चार रुपैयाँ मात्र थियो । लामो केही समयदेखि सुन र चाँदीको मूल्यमा ठूलो परिवर्तन आएको छैन ।
कच्चा तेलको भाउ पनि बढ्यो
यसैगरी कच्चा तेलको भाउ पनि बढेको छ । आइतवार अन्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रत व्यारेल १०६ डलर पुगेको छ । कच्चा तेलको भाउ बढे पनि नेपाल आयल निगमको घाटामा जाने छ

Tata
GBIME
Zonsen