मिडिया मुगल मुर्डोक मिडियाबाट बाहिरिने चर्चा

बिजमाण्डू
२०६९ साउन ७ गते ००:०० | Jul 22, 2012

लण्डन । मिडिया मुगल रुपर्ट मुर्डोकले न्युज कर्प अन्र्तगत रहेका अमेरिका र बेलायत, अष्ट्रेलिया र भारत लगायतका मिडियाबाट प्रमुख कायृकारी अधिकृत र निर्देशकबाट राजिनामा दिएका छन् । ८१ वर्षका यी मिडिया मालिकले कम्तिमा पनि १४ भन्दा बढी संस्थाको कार्यकारीबाट राजिनामा दिएका हुन् । तर न्युज कर्पले यो समाचारको न त पुष्टि गरेको छ न त खण्डन नै ।

कान्छि श्रीमती : मुर्डोक चिनीयाँ मुलकी कान्छी श्रीमती वेन्डी देङका साथ

Tata
GBIME

अष्ट्रेलियाको ‘द अष्ट्रेलिया, द हेराल्ड सन र द डेली टेलिग्राफबाट राजिनामा दिएका हुन्, त्यसैगरी उनले बेलायतबाट प्काशन हुने द सन, द टाइम्स र द सन्डे टाइम्सबाट पनि राजिनामा दिएका छन् । मुर्डोकले कम्पनी हाउसमा न्युज इन्टरनेशनल गु्रप, टाइम्स न्युजपेपर होल्डिङ र न्युज कर्प इन्भेष्टमेन्टबाट गत साता राजिनामा दिएको बताइएको छ ।
उनले अमेरिकाका केही पत्रिकाको निर्देशकबाट राजिनामा दिएको तर अमेरिकी सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिशनले त्यसको पुष्टि नगरेको बताइएको छ । मिडिया विश्लेषकहरुले रुपर्ट र जेम्स(उनका छोरा)ले बेलायतबाट विस्तारै लगानी फिर्ता गर्न लागेको बताएका छन् ।
अघिल्लो साता मुर्डकका बेलायती पाटनर अभिभा र लिगल एण्ड जनरलल न्युज कर्पोरेशनको अध्यक्षबाट हट्न उनलाई सुझाव दिएका थिए । गत वर्ष टेलिफोन ह्याकिङ प्रकरणमा बयान दिंदै मुर्डकले न्युज कर्पमा स्वतन्त्र अध्यक्ष ल्याउने सहमति जनाएका थिए ।
यसअघि मुर्डोकका छोरा जेम्सले पनि दर्जनौं मिडियाबाट निर्देशक पद छाडेका थिए तर त्यसको तीन महिनापछि उनी ती संस्थामा अध्यक्षका रुपमा उदाएका थिए । उता केह िमिडिया विश्लेषकहरुले मुर्डोकले वेलायतबाट लगानी बाहिर लैजाने तयारी सुरु गरेको बताएका छन् ।