कृषि बैंकमा कर्मचारी खर्च मात्रै १७६ करोड, घटाउन स्वेच्छिक अवकाश

बिजमाण्डू
२०६९ साउन ७ गते ००:०० | Jul 22, 2012
कृषि बैंकमा कर्मचारी खर्च मात्रै १७६ करोड, घटाउन स्वेच्छिक अवकाश


काठमाडौं । कृषि विकास बैंकले पुराना र करारमा रहेका कर्मचारीहरुका लागि स्वेच्छिक अवकास योजना ल्याएको  छ । बैंकले २० वर्ष सेवा अवधि पुगेका स्थायी र करारमा रहेका कर्मचारी हटाउन अवकास योजना ल्याएको हो ।
कर्मचारी धेरै भएका कारण बैंकको सञ्चालन खर्च उच्च छ । देशकै सवैभन्दा धेरै पुँजी भएको बैंकको कर्मचारी खर्च मात्रै वर्षमा १ अर्ब ७६ करोड रुपैयाँभन्दा वढी छ । अन्य प्रशासनिक खर्च पनि २० करोड रुपैयाँभन्दा माथि छ ।
सर्वसाधारणका लागि सेयर जारी गरिसकेको कम्पनीले रणनीतिक साझेदार ल्याउन खोजिरहेको  छ । बैंकिङ क्षेत्रको विकास भएअनुसार कर्मचारीको स्तर वढ्न नसकेका कारण बैंकले दिने सेवा चुस्त दुरुस्त छैन । पुराना र अस्थायी कर्मचारीलाई विदा गरेपछि बैंकले प्रतिस्पर्धी जनशक्ति भित्राउने  तयारी गरेको छ ।
बैंकले आफ्नो वित्तीय प्रतिवेदनमा समेत कर्मचारी खर्चको वृद्धिलाई चुनौतीका रुपमा लिएको छ । दक्ष कर्मचारी अभावका कारण नयाँ प्रविधि  प्रयोग गर्न कठिनाइ भएको भन्दै बैंकले वढ्दो कर्मचारी खर्चलाई समस्याका रुपमा लिएको होे ।
बैंकको चुक्ता पुँजी ९ अर्ब ४७ करोड रुपैयाँ छ । चैतसम्म बैंकले १  अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको प्रति सेयर आम्दानी ३७ रुपैयाँ ७३ पैसा छ ।  

Tata
GBIME