लक्ष्मी बैंकले पुरा गर्यो ११ वर्ष, पाँच वर्षयता निरन्तर लाभांस (कारोबार विवरणसहित)

बिजमाण्डू
२०६९ चैत्र १९ गते ००:०० | Apr 1, 2013

काठमाडौं । लक्ष्मी बैंक सञ्चालनको ११औं वर्ष पुरा गरेको छ । २०५९ बाट कारोबार सुरु गरेको बैंकले पछिल्लो पाँच वर्षयता लाभांस र वोनस सेयर वितरण गर्दै आएको छ । ६० करोड पुँजीबाट सुरु भएको बैंकको चुक्ता पुँजी १ अर्ब ६९ करोड रुपैयाँ पुगिसकेको छ ।
सुचना प्रविधिमा आधारित बैंकिङमा अगाडि रहेको लक्ष्मी बैंकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत नगद लाभांस दिएको थियो । खेतान समूहका मूख्य सेयर स्वामित्व रहेको बैंकका प्रमुख कार्यकारी अधिकृतमा सुमन जोशी छन् ।
बैंकले गत अािर्थक वर्ष ३५ करोड ६३ लाख रुपैयाँ नाफा गरेको थियो । १६औं वाणिज्य बैंकका रुपमा सञ्चालनमा आएको लक्ष्मीलाई परम्परागत बैंकिङ कारोबार गर्ने बैंकका रुपमा लिइन्छ।

Tata
GBIME
विवरण (रु करोडमा) 2064-65 2065-66 2066-67 2067-68 2068-69
चुक्ता पुँजी 91.31 109.8 1613.52 169.41 169.4
निक्षेप 1136.72 1605.13 1808.29 2113.37 2283.18
ऋण लगानी 979.44 1346.33 1473.64 1538.94 1669.7
खुद नाफा 12 18.89 32.7 37.51 35.63
वोनस सेयर % 21.05 5.26 13 15.79 0
नगद लाभांस % 1.05 0.26 13 10.79 10