चार दिने पुष्प मेलामा ५८ हजार दर्शक, ६८ लाख रुपैयाँको कारोवार, अर्को वर्ष अझ वृहत कार्यक्रम

बिजमाण्डू
२०६९ चैत्र १८ गते ००:०० | Mar 31, 2013

काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) को आयोजनामा भएको १६ औं पुष्प व्यापार मेला आईतबारबाट सकिएको छ ।  चैत्र १५ देखि १८ सम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालित मेलामा ५८ हजार सर्वसाधरणले अवलोकन गरेका थिए । चार दिनसम्म चलेको मेलामा ६८ लाखभन्दा बढिको कारोबार भएको फ्यानका उपाध्यक्ष तथा मेला संयोजक कुमार कसजु श्रेष्ठले बताए ।
 

मेलामा सहभागी भएका नर्सरी व्यवसायीहरुद्वारा उत्पादित फूलबिरुवाहरुमा स्वच्छ प्रतिस्पर्धा गराई पुरस्कृत गरिएको थियो । प्रतिस्पर्धामा प्रथम हुने बिभिन्न नर्सरीलाई नेपाल राष्ट्र बैंक गभर्नर डा. युवराज खतिवडाले पुरस्कृत गरेका थिए । पुष्प मेला राष्ट्र बैंकको डेपुटी गभर्नर महाप्रसाद अधिकारीले समेत अवलोकन गरेका थिए ।

यस पटक मेलामा सहभागी हुन धेरै पुष्प व्यवसायीले ईच्छा गर्दा गर्दै पनि समाबेश गराउन नसकिएको बताउदै फ्यानका उपाध्यक्ष तथा मेला संयोजक कुमार कसजु श्रेष्ठले अर्को बर्ष धेरै भन्दा धेरै व्यवसायीलाई स्थान उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । अर्को बर्ष यहि समयमा अन्तराष्ट्रिय पुष्प प्रदर्शनी तथा व्यापार मेला काठमाण्डौमा संचालन गर्ने फ्यानको योजना रहेको समेत उनले बताए ।  दर्शकको बाक्लो उपस्थितीसंगै फूल तथा बोट बिरुवाहरुको बिक्री बितरण पनि उल्लेख्य मात्रामा भएको थियो । चार दिनसम्म संचालन भएको मेलामा सबै खाले दर्शकको उपस्थिती रहेको थियो । बालबच्चा, युवायुवाती देखि बृद्ध बृद्धाहरु सबैको उत्तिकै उपस्थिती रहेको छ ।

Tata
GBIME


हरेक बर्ष अवलकोकनकर्ताको संख्यामा बृद्धि हुदै जानुमा यस व्यवसाय प्रतिको आकर्षण बढ्दै गएको छ भन्ने सुचित पनि यस मेलाले गराएको साथै खरिद बिक्री बढनुमा पुष्प व्यवसाय प्रति धेरै मानिसहरु आकर्षित भई यसको सौन्दयर्ता प्रति जागरुक र सचेत भएको फ्यानले जारी विज्ञप्तिमा छ । प्रदर्शनीले पुष्प व्यावसायको क्षेत्र फराकिलो बनाउन महत्वपूर्ण भुमिका निर्बाह गरेको फयानका कार्यक्रम संयोजक जे.बी तामाङ्गले बताए ।