
काठमाडौं । डाबर नेपालले कपालमा लगाउने तेल ज्यास्मिन हेयर आयल बजारमा ल्याएको छ । यो तेलले लामो समयसम्म कपाललाई सुगन्धित, सुन्दर र चम्किलो बनाउने कम्पनीको दावी छ । कम्पनीले यो तेलको ब्रान्ड एम्बेसडर पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठलाई बनाएको छ । डाबर नेपालका मार्केटिङ प्रमुख अभयप्रसाद गोर्खालीले उपभोक्ताको आवश्यकतालाई ध्यान दिएर तेल ल्याएको बताए । उपभोक्तालाई ध्यान दिएर यो स्पेसल तेल ल्याएका हौ, गोर्खालीले भने, यो हेयर आयलमा ज्यास्मिनको सुगन्धित बास्नाका साथै प्राकृतिक ज्यास्मिनको तत्व रहेको छ ।’
कम्पनीले नेपालको बजार अध्ययन गरेर तेल बजारमा ल्याएको जनाएको छ । यो तेल ५०, १०० र २०० मिलिलिटरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ५० मिलिलिटरको ३० रुपैयाँ, एक सयको ५५ र २ सयको एक सय रुपैया पर्छ ।