तराईलाई राजधानी जोड्ने फास्टट्रयाकको ट्रयाक खुल्यो, निर्माणका लागि निजी क्षेत्रलाई आव्हान

बिजमाण्डू
२०६९ फागुन २८ गते ००:०० | Mar 11, 2013
तराईलाई राजधानी जोड्ने फास्टट्रयाकको ट्रयाक खुल्यो, निर्माणका लागि निजी क्षेत्रलाई आव्हान

काठमाडौं । राजधानीलाई तराईसँग जोड्ने काठमाडौंदेखि निजगढसम्मको फास्टट्रयाकको ट्रयाक खुलेको छ । यो सडकको ट्रयाक खोल्ने काम तीन वर्षदेखि नेपाली सेनाले गर्दै आएको थियो । नेपाली सेनाले सेना दिवसम्म ट्रयाक खोल्ने योजना बनाएको थियो, त्यो योजना अहिले पुरा भएको छ । अब काठमाडौंको चालनाखेलदेखि हलुका सवारीसाधनमा बाराको निजगढ पुग्न सकिन्छ । सरकारले ७६ किलोमिटर लामो यो सडकले निजगढमा बन्ने अन्तराष्ट्रिय विमानस्थल र त्यसपूर्वलाई जोड्ने महत्वाकांक्षी योजना बनाएको छ ।
खोलिएको ट्रयाकलाई अब निर्माण–सञ्चालन र हस्तान्त्रण मोडलमा बनाउन सरकारले निजी क्षेत्रलाई आव्हान गर्नेछ । त्यसका लागि सरकारले दुईपटकसम्म  इच्छुक पत्र आव्हान गरिसकेको छ । यो सडक निर्माणका लागि झण्डै ६० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यो सडक पुरा भए तराईदेखि काठमाडौंको दुरी एक घण्टामा पुरा हुनेछ पृथ्वीराजमार्ग हुँदै यो दुरी पार गर्न अहिले सात देखि आठ घण्टाको समय लाग्ने गर्दछ ।
निजी क्षेत्रको नेपाल पूर्वाधार विकास कम्पनीले पनि काठमाडौंबाट हेटौडा जोड्ने दु्रतगतीकै सुरुङ्गमार्ग निर्माणको प्रस्ताव सरकारलाई पेश गरेको छ । यो सडकले हेटौडा पश्चिमको ट्राफिकलाई लक्ष्य गरेको छ । यो परियोजना बनाउन भने निजी क्षेत्रले २० अर्ब रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेका छन् । यो सडकको प्रस्ताव अहिले कन्सेसन एग्रिमेन्टका लागि भौतिक योजना तथा निर्माण मन्त्रालयमा पुगेको छ । क्याविनेटले स्वीकृती दिनासाथ फिल्डमै काम गर्ने तयारी नेपाल पूर्वाधार विकास समितिले गरेको छ ।

Tata
GBIME