यात्रीलाई थपियो भाडाको भार, वैज्ञानिक भाडादर विपरित बढ्यो ३.७५ प्रतिशत भाडा

बिजमाण्डू
२०६९ साउन ४ गते ००:०० | Jul 19, 2012

काठमाडौ । सरकारले वैज्ञानिक भाडादरको मर्म विपरित उपभोक्तालाई भार पर्ने गरी सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले इन्धनको मूल्य बढेको भन्दै यात्रुवाहक सवारी साधनको भाडा ३ दशमलब ७५ प्रतिशतले बढाएको हो । वैज्ञानिक भाडादर कार्यान्वयनमा आउँदा इन्धनको भाउ एक लिटरमा पाँच रुपैयाँभन्दा बढी भए मात्रै भाडा बढाउने उल्लेख छ । तर सरकारले इन्धनको भाउ चार रुपैयाँ बढ्दा मूल्य बढाएर उपभोक्तालाई मारमा पारेको छ । यातायात व्यवसायीले अहिले नै बढी भाडा असुलिरहेका थिए । त्यसलाई अनुगमन गर्न छोडेर व्यवसायीलाई पोस्ने काम भएको छ, उपभोक्तावादी संगठनका एक अधिकारीले भने ।

Tata
GBIME
Nepal Life