आयल निगमबाट तीन ग्यास बोटलिङ प्लान्टलाई सञ्चालन अनुमति, संख्या ५० पुग्यो

बिजमाण्डू
२०६९ फागुन १६ गते ००:०० | Feb 27, 2013

काठमाडौँ । नेपाल आयल निगमले थप तीन ग्यास बोटलर्स प्लान्ट सञ्चालनको अनुमति दिएको छ । योसहित नेपालमा ग्यास बोटलिङ गरेर विक्री गर्ने प्लान्टको संख्या ५० पुगेको छ । निगमले धादिङमा बोटलिङ प्लान्ट रहेका गीता ग्यास, नमस्ते ग्यास र काप सन्स नामक तीनवटा कम्पनीलाई सञ्चालनको अनुमति दिएको हो । प्रारम्भिक चरणमा आयल निगमले तीनवटै कम्पनीलाई १०८ टन ग्यास आयातको अनुमति दिएको छ ।
निगमले अहिलेसम्म ४७ वटा ग्यास बोटलिङ प्लान्टलाई अनुमति दिएको थियो भने १४ वटा प्लान्ट बोटलिङका लागि तयार हुँदैछन् । निगमले सैद्धान्तिक सहमति लिएका १५ बोटलिङ प्लान्टको भने इजाजत खारेज गरिसकेको छ । निगमले कम्पनीलाई दुई रङका सिलिण्डर बनाउन निर्देशन दिइ सकेको छ । निगमले वार्षिक झण्डै १७ अर्बको ग्यास आयात गर्दै आएको छ । ५० बोटलिङ प्लान्टका ४५ लाख ६३ हजार ग्यास सिलिण्डर छन् ।

Tata
GBIME
NLIC