वाईवाईसँग डरायो सूर्य नेपाल, चाउचाउ उद्योग नखोल्ने, डेरी उद्योग खोल्न अध्ययन सुरु

बिजमाण्डू
२०६९ साउन ४ गते ००:०० | Jul 19, 2012
वाईवाईसँग डरायो सूर्य नेपाल, चाउचाउ उद्योग नखोल्ने, डेरी उद्योग खोल्न अध्ययन सुरु


काठमाडौ । बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले चाउचाउ उद्योग नराख्ने भएको छ । कम्पनीले हालै गरेको बजार सर्वेक्षण अनुसार चाउचाउमा प्रतिस्पर्धा गर्न कठिन देखिए पछि उद्योग नराख्ने निर्णय गरेको हो । चाउचाउ उद्योगमा धेरै प्रतिस्पर्धा देखियो । हामी कुनै पनि उत्पादन बजारमा ल्याएर पछाडी फर्कन चाहन्नौं,  कम्पनीका एक बरिष्ठ अधिकारीले बिजमान्डूलाई भने, तत्कालका लागि चाउचाउ उद्योग आउँदैन ।’ स्रोतका अनुसार चाउचाउमा चौधरी ग्रुपको वाईवाईको बर्चस्व तोड्न नसक्ने देखे पछि कम्पनी पछि हटेको हो ।
चाउचाउ उत्पादनमा पछिल्लो समय आएको शंकर ग्रुप पनि समस्यामा परिसकेको छ । शंकर ग्रुपले ल्याएको मियो चाउचाउ बजार हिस्सा लिन सकेन् । कम्पनीले मियो स्थापित गराउन ब्रान्डिङका लागि मात्रै दुई करोडा रुपैयाँ खर्च गरेको थियो । ती अधिकारीका अनुसार चाउचाउको साटो डेरी उद्योग ल्याउने पहल भइरहेको छ ।
कम्पनीले डेरी उद्योग स्थापनाको लागि दूधको पकेट क्षेत्रमा नश्ल सुधारका कार्यक्रम सुरु गरिसकेको छ । डेरीमा बजार सम्भावना व्यापक देखियो । त्यसैले हामीले डेरीमा जाने निर्णय गरेका छौ, ती अधिकारी भन्छन्, त्यसैले बारा, पर्सा, चितवन लगायतका क्षेत्रमा नश्ल सुधारका कार्यक्रम अघि बढाउन अध्ययन सुरु गरिसकेका छौ ।
उनले सामाजिक उत्तरदायित्ववहन गर्ने क्षेत्रमा कम्पनीले संलग्नता बढाउने जानकारी दिँदै दूधको उत्पादकत्व बढाउने कार्यक्रम ल्याएर डेरी उद्योग स्थापना गरिने बताए । कम्पनीले तयारी पोसाक उत्पादन गर्ने विराटनगरको सूर्य गार्मेन्टमा चाउचाउ उद्योग राख्ने घोषणा गरेको थियो ।
मजदुर विवादका कारण कम्पनीले झन्डै एक वर्षअघि सूर्य गार्मेन्ट बन्द गरेको थियो । सूर्य गार्मेन्टमा जोन प्लेयर, स्प्रिङउड लगायतका विश्वप्रसिद्ध तयारी पोसाक उत्पादन हुन्थ्यो । नेपालमा उत्पादित यी तयारी पोसक भारत र युरोपेली मुलुकमा निकासी हुन्थ्यो भने नेपालमा पनि लोकप्रिय बन्दै गएको थियो ।

Tata
GBIME