काठमाडौँ । नेपाल र चीनबीचको हवाई सम्झौतामा संसोधन हुने भएको छ । हवाई सम्झौता संसधोनका लागि सरकारले वार्ता गर्न पर्यटन सचिवको नेतृत्वमा टोली गठन गर्न अनुमति दिएको छ । नेपाल र चीनवीच बढ्दो हवाई सञ्जाल र आन्तरिक उडानका लागि चीनबाट विमान ल्याइने भएपछि सम्झौता संसोधनको तयारी भएको हो । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले २९ वटा अस्पताललाई अस्पताल विकास समिति गठन आदेश अन्र्तगत व्यवस्थापन पुर्नसंरचना गर्ने भएको छ । यसैगरी सरकारले नुमानढोकाको ढुकटी खोल्ने कार्य विवरण स्वीकृत गरेको छ ।
बैठकले हनुमानढोकामा रहेको ढुकुटी खोल्न स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए । यस्तै मन्त्रिपरिषद्ले आन्तरिक सुरक्षा नीति, २०६९ स्वीकृत गरी लागु गर्ने निर्णयका लागि राजनीतिक समितिमा पठाउने निर्णय गरेको छ ।
