लण्डन । बेलायतको सबैभन्दा ठूलो बैक एचएसबीसी लागूपदार्थ र आतंककारीलाई सहयोग गरेको पाइएको छ । अमेरिकी संसदले गरेको छानविनको क्रममा बैंकले मेक्सिकोमा अर्बौ रकम पठाएर लागुपदार्थको कारोबार र साउदीमा आतंककारीलाई सहयोग गरेको पुष्टि भएको छ । बैंकको अर्बौ रकम सन् २००७ देखि २००८ को बीचमा मेक्सिको गएको पाइएको छ । छानविनमा साउदी अरबको अल राजी बैंकलाई सेवा दिएर एचएसबीसीले आतंककारीलाई सहयोग गरेको पाइएको पत्ता लागेको छ । संसदले यही बैकबाट इरानमा समेत रकम गएको हुनसक्ने भन्दै थप छानविनको लागि सुझाव दिएको छ ।
शपथ लिन्छौं, हामी सत्य बोल्छौं : एचएसबीसी बैंकका प्रमुख कार्यकारी अधिकृत डेबिड बाग्ले, रिटेल बैंक प्रमुख पाउल थ्रस्टन, माइकल गलहार पूर्व कार्यकारी उपाअध्यक्ष, क्रिस्टोफर लुक, पूर्व प्रमुख, अमेरिका शाखा
बैंकले बैंकिङ संस्कृतिलाई प्रदुषित गरी आतंककारीलाई मलजल गरेको आरोप छ । यही आरोपका कारण अमेरिकी संसदको सार्र्वजनिक सुनुवाईमा बैंकका प्रमुखहरुले मंगलबार नै राजिनामा समेत दिएका छन् । एचएसबीसी बेलायतको बैंक हो जसलाई सन् २००८ मा आएको आर्थिक मन्दीले समेत कुनै प्रभाव परेको थिएन । वित्तिय अपराधमा सहयोग गरेको आरोपमा यो बैंकलाई ६४ करोड पाउन्ड जरिवाना गरिएको छ । यो जरिवाना र वित्तिय अपराधको आरोपपछि बैंक संकटमा परेको छ ।
अमेरिकी संसदको ३ सय ३५ पेज लामो प्रतिवेदनमा बैंकले मेक्सिको, इरान र सिरियामा रकम आउन÷जान दिन रोक्ने कुनै संयन्त्र नबनाएको उल्लेख छ । बैंकको ३८ खर्ब पाउन्ड अर्को मुलुकमा गएको देखिएको छ जुन रकम संकटमा रहेको उल्लेख छ । बैंकका अधिकारीहरुले साउदी अरेबियाको अलराजी बैंकसँगको कारोबारलाई पत्ता लगाउन नसकेको प्रतिवेदनमा छ । अलराजी बैकले अमेरिकामा भएको सेप्टेम्बर ११ को घट्नामा वित्तिय सहयोग गरेको देखिएको थियो । डेलीमेलबाट