ग्यास मूल्यवृद्धि फिर्ता भएपछि आयल निगमका कर्मचारी निरास, कार्यकारी निर्देशक ‘मुडअफ’

बिजमाण्डू
२०६९ फागुन ३ गते ००:०० | Feb 14, 2013
ग्यास मूल्यवृद्धि फिर्ता भएपछि आयल निगमका कर्मचारी निरास, कार्यकारी निर्देशक ‘मुडअफ’

काठमाडौं । व्यापक जनदबाबपछि सरकारले ग्यासमा गरेको मूल्यवृद्धि फिर्ताले उपभोक्ता खुसी छन् । तर यो निर्णयले सबैभन्दा बढी निराश बनाएको छ आयल निगमका अधिकारीहरुलाई । निगमका निमित्त कार्यकारी प्रमुख सुरेशकुमार अग्रवाल सबैभन्दा बढी ‘मुडअफ’ भएका छन् । झन्डै एक वर्ष लगाएर कार्यान्वयनमा ल्याउन खोजिएको ग्यासको दोहोरो मूल्य केही घन्टा नवित्दै फिर्ता लिनुपर्यो ।
यो निर्णयबाट निमित्त कार्यकारी प्रमुखको परिपक्वतामा प्रश्नचिन्ह खडा भएको छ । अझ प्रधानमन्त्री बाबुराम भट्टराईले वाणिज्य सचिव लालमणी जोशी र अग्रवाल दुवैलाई बोलाएर संयन्त्र नबनाई दोहोरो मूल्य कार्यान्वयनमा ल्याएको भन्दै हकारेका थिए । ‘राम्रो संयन्त्र नबनाई यति ठूलो निर्णय किन गर्नुभयो ? तपाईहरुको निर्णयले सरकारलाई पनि अपरिपक्व बनायो,’ उनले दुवैलाई राखेर भनेका थिए, ‘यो तत्काल फिर्ता लिएर बलियो संयन्त्र बनाएर कार्यान्वयनमा ल्याउनुहोस् ।’ प्रधानमन्त्री भट्टराईको आक्रोसले पनि अग्रवाल अझै बढी तनाबमा छन् ।
‘पहिला हामीले सरकारका सबै निकायलाई जानकारी गराएर यो मूल्य निर्धारण गरेका थियौ । तर अहिले संयन्त्र नबनाएको भन्दै निगमलाईनै दोषी देखाइयो,’ प्रधानमन्त्रीलाई भेटेर आएपछि निगममा रहेका आफ्ना नजिकका कर्मचारीलाई भनेका थिए, ‘अब कसरी काम गर्ने ?’ दोहोरो मूल्य कायम गर्ने बारेमा प्रधानमन्त्री भट्टराईलाई समेत जानकारी गराइएको थियो । उनकै सहमतिमा दोहोरो मूल्य कार्यान्वयनमा ल्याइएको थियो । निगमका कर्मचारी वेखुसी हुनुमा अहिले ग्यासबाट मात्रै बढी घाटा थियो ।
दोहोरो मूल्य कार्यान्वयनमा आउन सकेको भए निगम नाफामा जान्थ्यो । निगम नाफामा जानेवितिकै निगमका सबै कर्मचारीले बोनस खान पाउने अवस्था थियो । निगमको सञ्चालक समितिले विगतमा तेल ल्याउन लिएको ऋण अपलेखनको लागि सरकारलाई पत्र पठाइसकेको थियो । ऋण अपलेखन हुनेवितिकै निगम नाफामा जानेवितिकै बोनस पाउने अवस्था रहन्थ्यो ।

Tata
GBIME
Nepal Life