महिन्द्राको रोडियो अटोमेटिक मोडलमा, सुजुकीको स्वीस र होण्डा एक्टिवासँग प्रतिश्पर्धा

बिजमाण्डू
२०६९ माघ २९ गते ००:०० | Feb 11, 2013
महिन्द्राको रोडियो अटोमेटिक मोडलमा, सुजुकीको स्वीस र होण्डा एक्टिवासँग प्रतिश्पर्धा

नयाँदिल्ली । महिन्द्रा टु– व्हीलर्सले आफ्नो स्कुटर रोडियोको बिक्रि बढाउने उदेश्यले यसको नयाँ सस्करणको अटोमेटिक मोडल बजारमा उतारेको छ ।
रोडियो स्ट्यान्डर्ड नाम दिएको यो स्कुटरको मुल्य पुरानो रोडियोभन्दा लगभग तीन हजार भारतीय रुपैयाँले कम छ । नयाँदिल्लीमा यसको एक्स सोरुम मुल्य ४५ हजार एक सय ९९ भारतीय रुपैयाँ रहेको छ ।
रोडियोको पुरानो संस्करणले अपेक्षाकृत व्यापार गर्न नसकेपछि कम्पनीले नयाँ सस्करण बजारमा ल्याएको हो ।  रोडियो स्टान्डर्डले आगामि दिनमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले नयाँ स्कुटरको मुल्य कम गरे सँगै यसका विशेषता पनि परिवर्तन गरेको छ । नयाँ स्कुटरमा इन्धन टयाङकी अगाडिबाट हटाएर सिटभन्दा तल राखेको छ । बजारमा ल्याउनु पहिले नै बुकिङ्ग सुरु भएकाले रोडियो स्टान्डर्डले सुजुकी स्वीस र होण्डा एक्टिवासँग प्रतिश्पर्धा गर्ने अनुमान गरिएको छ ।

Tata
GBIME
Nepal Life