मनकामना बैंकको २६५ दिने मुद्दती खाता, साढे आठ प्रतिशत व्याज प्राप्त हुने

बिजमाण्डू
२०६९ माघ २५ गते ००:०० | Feb 7, 2013
मनकामना बैंकको २६५ दिने मुद्दती खाता, साढे आठ प्रतिशत व्याज प्राप्त हुने

काठमाडौं । मनकामना डेभलप्मपेन्ट बैंकले २६५ दिने मुद्दती खाता योजना ल्याएको छ । यो मुद्दती खातामा बैंकले २६५ दिनमा साढे आठ प्रतिशत व्याज प्राप्त गर्न सकिने जानकारी दिएको छ । ब्याज मुद्दती खाताको समय समाप्त भएपछि एकमुष्ठ पाइने जानकार पनि बैंकले दिएको छ । खाता १० हजार रुपैयाँमा खोल्न सकिने जानकारी पनि बैंकले दिएको छ ।
समय समाप्ति अगावै भुक्तानी चाहिए साढे सात प्रतिशत व्याज पाइने पनि बैंकले जानकारी दिएको छ । बैंकले प्रतिस्पर्धात्मक र मूल्य अभिबृद्धि ब्याजदर भएको बिभिन्न किसिमका बचत तथा मुद्दती खाता पनि संचालन गरिरहेको छ । बैंकले १४ वटा शाखा, एटिम सेवा, मनकामना मोबाइल मनी, लकर सुविधा साथै एबिबिएस सुबिधा उपलब्ध गराउँर्दै आएको छ ।

Tata
GBIME
Nepal Life