बुधवारदेखि सूचना प्रविधि सम्वन्धी कुम्भमेला, क्यानमा ४० प्याभिलियन, २२० स्टल

बिजमाण्डू
२०६९ माघ २३ गते ००:०० | Feb 5, 2013
बुधवारदेखि सूचना प्रविधि सम्वन्धी कुम्भमेला, क्यानमा ४० प्याभिलियन, २२० स्टल

काठमाडौं । सूचना प्रविधि सम्वन्धी मेला क्यान इन्फोटेक बुधवारदेखि काठमाडौंमा सुरु हुँदैछ ।  कम्प्युटर एसोसिएसन अफ नेपाल(क्यान)ले मेलाको सबै तयारी पूरा भइसकेको जानकारी दिएको छ । भुकृटीमण्डपमा हुने मेलामा २ सय २० वटा स्टल रहनेछन् । मेलामा ४० वटा ब्रान्डिङ प्याभिलियन हुनेछन् । क्यानले सर्वसाधरणका लागि एक सय रुपैयाँ प्रवेश शुल्क तोकेको छ भने विद्यार्थीले ५० रुपैयाँमा मेला अवलोकन गर्न पाउनेछन् ।
क्यानले सरकारी विद्यालयका विद्यार्थीलाई निशुल्क प्रवेश दिने व्यवस्था मिलाएको छ । टिकट काट्नको लागि लामो लाइन बस्नुपर्दैन् । क्यानले अनलाइनबाट टिकट काट्ने व्यवस्था मिलाएको छ । www.caninfotech.org.np र www.can.org.np बाट अनलाइन टिकट काट्न सकिने क्यानले जनाएको छ ।

Tata
GBIME
Nepal Life