गृह श्रमिक अधिकार प्राप्तीको लडाईमा, १३ जिल्लाबाट भेला भए ७० श्रमिक

बिजमाण्डू
२०६९ माघ २२ गते ००:०० | Feb 4, 2013

काठमाडौं । औपचारिक श्रम क्षेत्र अन्र्तगतका घरमा बसेर काम गर्ने गृह श्रमिकले श्रम अधिकार प्राप्तिका लागि देशभर अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । देशका १३ जिल्लाबाट भेला भएका करिव ७० महिला तथा पुरूषले आईएलओ अभिसन्धि १७७ बारे जनचेतना अभिवृद्धि गर्नुका साथै आफ्नो अधिकारको लागि लडाई गर्ने अठोट व्याक्त गरेका छन् ।
नेपालमा विगत १० वर्षमा अनौपचारिक श्रमको क्षेत्र निकै बढेको छ । हाल देशको एक करोड १७ लाख श्रम शक्ति मध्ये औपचारिक क्षेत्रमा १७ लाख, वैदेशिक रोजगारीमा ३५ लाख छन भने बाँकी अनौपचारिक क्षेत्रमा रहेका छन् । नेपालमा गृह श्रमिकको संख्या कति छ भन्ने एकिन छैन्, तर करिव २२ लाखभन्दा बढी भएको हाम्रो अनुमान छ, यस क्षेत्रमा काम गर्ने क्लास नेपालका महासचिव तिलकजंग खडकाले भने ।
घरमा बसेर काम गर्नेमा अधिकांश महिला छन् । क्लास नेपालको अध्ययन अनुसार, पहिचान भएका २२ लाख गृह श्रमिकमध्ये ७० प्रतिसतभन्दा बढी महिला छन् । परम्परागत शीपका क्षेत्र हस्तकला, सिलाईबुनाईमा महिलाको उल्लेख्य उपस्थिती छ । त्यसकारण यो मुद्दा महिला शशक्तिकरण र निम्न वर्गको उत्थानको समेत हो, नेपाल घर आधारित श्रमिक संघका सभापति विन्दु श्रेष्ठले भनिन । त्यसै कारण यो अभियान आवश्यक भएको हो । नेपाल धेरै आईएलओ अभिसन्धिको पक्ष राष्ट्र रहेको सन्दर्भमा ति अभिसन्धिले निदृष्ट गरेका अधिकार गृह श्रमिकसम्म पु¥याउन टे«ड युनियनले महत्पपुर्ण भुमिका खेल्न सक्ने नेपाल ट्रेड युनियन काँग्रेस स्वतन्त्रका वरिष्ठ उपसभापति रामजी कुवरले बताए । ट्रेड युनियन हाल श्रम ऐन संसोधनको प्रक्रियामा छन्, गृह श्रमकिलाई पनि श्रम ऐनमा समेटन हामीले सक्लो वकालत गर्ने छौ, उनले भने ।
सरकारले विगत तीन वर्षदेखि श्रम सम्वन्धि सातवटा ऐन संसोधनको तयारी गरिरहेको छ । तर, संसद नभएका कारण ति ऐन पारित हुन सकेका छैन । उधोग प्रतिस्ठानमा सुमधुर सम्वन्ध स्थापना गर्न साथै लगानी मैत्री वातावरण तयार गर्नेमा प्रस्तावित संसोधन लक्षित छन् । यसले नयाँ अर्थात अनौपचारिक श्रम क्षेत्रलाई पनि संगठित क्षेत्र जस्तो अधिकार दिने छ, कुवरले भने ।

Tata
GBIME
Nepal Life

आईएलओका अनुसार विश्वका कुल श्रम शक्तिको ४८ प्रतिसत महिला छन् । तिनमा ७० प्रतिसत अति गरिव छन् । यही अति गरिव र जोखिममा रहेको समुदायमा महिला पर्दछन् । नेपालमा पनि यो स्थितीमा खासै फरक छैन्, क्लास नेपालका अनुसन्धाता दीपा भारद्घाजले भनिन ।   क्लास नेपालले देशका दुई दर्जन जिल्लामा गृह श्रमिकलाई सदस्यतामा आधारित संस्था मार्फत संगठित गर्दै आएको छ । यसले आईएलओ अभिसन्धि १७७ मा जनचेतना अभिवृद्धि गर्दै आएको छ ।