जुत्ताको बिग सेल आज अन्तिम दिन, १५ सयको जुत्ता पाँच सयमा

बिजमाण्डू
२०६९ माघ १८ गते ००:०० | Jan 31, 2013
जुत्ताको बिग सेल आज अन्तिम दिन, १५ सयको जुत्ता पाँच सयमा


काठमाडौ । के तपाइँ नयाँ जुत्ता खरिद गर्दै हुनुहुन्छ ? यदि नयाँ जुत्ता खरिद गर्दै हुनुहुन्छ भने तपाइँहरुको लागि खुसिको खबर हुन सक्छ । राजधानीको राष्ट्रिय सभा गृहमा सञ्चालन भइरहको बिग मेलाको अन्तिम दिन आज भारि छुट सँगै निकै सस्तो मुल्यमा जुत्ता चप्पलको बिक्रि भइरहको छ ।
पुरानो स्टकमा रहेका जुत्ता चप्पललाई सकाउने उद्देश्यले विभिन्न कम्पनीहरुले क्रमसः १५ सय, एक हजार र सात सय पर्ने जुत्तालाई पाँच सय रुपैयाँ र पाँच सय रुपैया पर्ने जुत्तालाई चार सय रुपैयाँमा बिक्री गरिने बताएका छन ।
यस किसिमको छुट कमै पाउने भन्दै जुत्ता कम्पनीहरुले ग्राहकहरुलाई आकर्षित गरिरहेका छन । जुत्ता चप्पलको खरिदमा आकर्षक छुट पाएपछि मेला अवधिभर ग्राहकहरुको भीड लागेको र अपेक्षाभन्दा बढि व्यापार भएको आयोजकहरुको भनाइ छ । माघ ५ गतेबाट सञ्चालन भएको मेला आज सकिदै छ ।

Tata
GBIME
Nepal Life