बजार तल झरे पनि नेपाल एसबीआई माथि, विहिवार पनि १९ रुपैयाँको वृद्धि, कारोवार कम

बिजमाण्डू
२०६९ माघ १८ गते ००:०० | Jan 31, 2013
बजार तल झरे पनि नेपाल एसबीआई माथि, विहिवार पनि १९ रुपैयाँको वृद्धि, कारोवार कम

काठमाडौं । साताको अन्तिम कारोवारी दिन पनि स्टक बजारमा खास उत्साह देखिएन, सूचक १.०४ अंकले तल झरेपछि बजार ५१०.८८ अंकमा बन्द भयो । बुधवार सबै सूचकमा रातो बत्ती बले पनि विहिवार भने विशाल बजारको सेयर मूलय बढेका कारण टे«डिङ समूह र सूर्य, एशियन, लुम्विनी र नेशनल लाइफ इन्सुरेन्सको सेयर मूल्य बढेपछि इन्सुरेन्स समुहको सूचकमा हरियो बत्ती बल्यो । बैकिङ्ग समूहको सूचकमा पनि खास धेरै अंक तल झरेन ।
विशाल बजारको ३५ रुपैयाँले माथि चढेर १८२८ रुपैयाँमा कारोवार भयो, नेशनल लाइफ इन्सुरेन्सको पनि १० रुपैयाँ माथि चढेर ५४९ रुपैयाँमा, नेपाल एसबीआईको पनि १९ रुपैयाँ बढेर ८४० मा कारोवार भयो । सगरमाथा इन्सुरेन्सको सेयर १५ रुपैयाँ तल कारोवार भयो । स्टकमा कारोवार भएका ९५ कम्पनीमध्ये ४८ कम्पनीको सेयर मूल्य घट्यो भने २९ कम्पनीको सेयर मूल्य बढ्यो । तर दोहोरो अंकको वृद्धि वा घट जम्मा पाँच कम्पनीमा मात्र देखियो ।
बजारमा देखिएको रातो बत्तीले कारोवार रकम पनि घटेको छ । बिहिवार जम्मा सात करोड ४५ लाख रुपैयाँको मात्रै कारोवार भयो । स्टकमा औषतमा दश करोडभन्दा बढीको कारोवार हुने गरेको छ ।

Tata
GBIME
Nepal Life