विमान खरिदमा छिट्टै ‘ब्रेक थु्’ हुने पर्यटन सचिवको दावी, पर्यटन बोर्डको प्रमुख पनि छनोट गरिने

बिजमाण्डू
२०६९ माघ १७ गते ००:०० | Jan 30, 2013
विमान खरिदमा छिट्टै ‘ब्रेक थु्’ हुने पर्यटन सचिवको दावी, पर्यटन बोर्डको प्रमुख पनि छनोट गरिने

काठमाडौँ । पर्यटन सचिव सुशील घिमिरेले साता दिन भित्र विमान खरिद प्रक्रियामा सुखद समाचार प्राप्त हुने दावी गरेका छन् । यसै साता नेपाल वायु सेवा निगमको अध्यक्षमा चयन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुशील घिमिरेले हवाइजहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी समेत दिए ।
मिडिया इन्टरनेसनलले आयोजना गरेको अन्तक्र्रियामा सचिव घिमिरेले भने, पर्यटन व्यवसायीले लामो समयदेखि उठाइरहेको जहाज खरिदको विषय अन्तिम प्रक्रियामा छ, अबको दुई चार दिनमै सुखद समाचार सुन्न पाइनेछ । ध्वजावाहक जहाज खरिद गर्ने विषय सडक र भवन बनाउने जस्तो सहज छैन, सचिव घिमिरेले भने, नीतिगत प्रक्रिया पूरा गर्न केही समय लागेको हो । सरकारले सुशासन तथा समृद्धिको कार्ययोजना सार्वजनिक गर्दै अन्तराष्ट्रिय उडानका लागि निगमलाई दुई वटा विमान र आन्तरिक उडानका लागि पाँच विमान खरिद प्रक्रिया सुनिश्चित गर्ने निर्णय गरेको थियो ।
पर्यटन सचिव घिमिरेले नेपाल पर्यटन बोर्डमा पनि छिट्टै कार्यकारी निर्देशक छनोट गरिने आश्वासन व्यवसायीलाई दिए । कार्यक्रममा ठमेल पर्यटन परिषद्का उपाध्यक्ष रामशरण थपलियाले राजनीतिक पार्टी र  मजदुर सङ्गठनले गर्ने आन्दोेलन नै पर्यटन व्यवसायको प्रमुख चुनौती रहेको उल्लेख गर्दै पर्यटकको मौसम सुरु हुन लाग्दा देशमा फेरि आन्दोलनका गतिविधि अगाडि बढेकामा चिन्ता व्यक्त गरे ।
    ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष महेन्द्रसिंह थापाले मुलुकमा अवैध तरिकाले ट्रेकिङ व्यवसाय सञ्चालन हुँदैआएको छ भन्दै होटलव्यवसायीले तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्गठनले ट्रेकिङ व्यवसाय चलाउन नहुनेमा जोड दिए ।     ¥याफ्टिङ एसोसिएसन अफ नेपाल(नारा) का अध्यक्ष नानीकाजी थापा र राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनका अध्यक्ष चन्द्र रिजालले पर्यटन क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएकाले यसलाई राष्ट्रिय उद्योगका रूपमा विकास गरिनुपर्ने बताए ।

Tata
GBIME
Nepal Life