तोलामा सुन दुई सय रुपैयाँले बढ्यो, डलरको विनिमय बढेपछि असर सुनमा

बिजमाण्डू
२०६९ माघ १६ गते ००:०० | Jan 29, 2013
तोलामा सुन दुई सय रुपैयाँले बढ्यो, डलरको विनिमय बढेपछि असर सुनमा

काठमाडौ । मंगलवार पनि दुइ सय रुपैयाँले बढेर सुनको कारोवार भएको छ । नेपाल सुन चाँदी व्यवसायी संघले मंगलबारको लागि छापावाला सुन प्रति तोलाको ५८ हजार दुइ सय रुपैयाँ तोकेको छ । सोमबार पनि सुन तोलामा दुइ सय रुपैयाँले बढेर प्रति तोलाको ५८ हजार रुपैयाँमा कारोवार भएको थियो । सुनको मुल्य अझै केहि दिनसम्म उकालो लागिरहने व्यवसायीहरु बताउँछन । मंगलबार चाँदी भने तोलामा चार रुपैयाँले घटेर प्रति तोलाको एक हजार एक सय पाँच रुपैयाँमा कारोवार भएको छ । सोमबार चाँदीको मुल्य स्थिर रहेको थियो । अन्तराष्ट्रिय बजारमा डलरको तुलनामा भारु कमजोर भएपछि त्यसको असर नेपाली बजारमा पनि परेको हो । भारु कमजोर हुँदा नेपाली मुद्रा पनि कमजोर हुन्छ, यसले सुनको मूल्य नेपाली बजारमा महँगो पर्छ ।

Tata
GBIME
Nepal Life