बारक्लेज प्रिमियर लिगको काल्र्सवर्ग बन्यो साझेदार, नेपालमा पनि प्रवद्र्धनका कार्यक्रम

बिजमाण्डू
२०६९ माघ १४ गते ००:०० | Jan 27, 2013
बारक्लेज प्रिमियर लिगको काल्र्सवर्ग बन्यो साझेदार, नेपालमा पनि प्रवद्र्धनका कार्यक्रम

काठमाडौं । प्रिमियर लिगसँग सम्झौता गर्दै काल्र्सबर्ग बारक्लेज प्रिमियर लिगको तीन वर्षका लागि आधिकारिक साझेदार भएको छ । यो सम्झौता २०१३ देखि लागू भएर २०१६ सम्म रहने छ । सम्झौताले काल्र्सबर्गको अन्तर्राष्ट्रिय फुटबल खेलसँगको सम्बन्ध अझ मजबुत बनाएको काल्र्सवर्गको स्थानीय कम्पनी गोर्खा बु्रअरीले जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । काल्र्सबर्गले यो सम्झौतासँगै नेपाल लगायत अन्य मुलुकमा प्रवद्र्धनका कार्यक्रम पनि संचालन गर्नेछ ।
फुटबलसँग लामो सम्बन्ध रहेको काल्र्सबर्गलाई यस साझेदारीले यसका उपभोक्ता र फुटबलबीचको सम्बन्ध अझ सुदृढ गर्नेछ भने ब्राण्डलाई उपभोक्ता माझ राम्रोसँग चिनाउन मद्दत गर्नेछ । यस साझेदारीले काल्र्सबर्गलाई विभिन्न उपभोक्ता प्रवद्र्धनका अधिकार तथा अवसरहरु प्रदान गर्नेछ जस अन्तर्गत काल्र्सबर्गले प्रिमियर लिगको आधिकारिक लोगो, सामाजिक सञ्जालहरुमा कन्टेन्टहरुको प्रयोग जस्ता कार्यहरु गर्न पाउनेछ । यी अवसरहरुले फुटबल प्रेमी उपभोक्ताहरुलाई काल्र्सबर्गसँग अझ नजिक ल्याउने छ ।
हामी सबै काल्र्सबर्ग ब्राण्डलाई अझ धेरै परिचित बनाउन लागीरहेको समयमा यस्तो महत्वपूर्ण फुटबल च्याम्पीयनशिपलाई प्रायोजन गर्न पाउँदा गौरवान्वित महसुस गरिरहेका छौं, काल्र्सबर्गका उपाध्यक्ष टम मोराडपोरले भने । ”काल्र्सबर्गले यस्तो प्रिमियर लिगमा लगानी गर्दा हामीलाई धेरै खुसी भइरहेको छ र अर्को सिजनबाट यो हाम्रो आधिकारिक साझेदार हुनेछ,“ प्रिमियर लिगका कार्यकारी प्रमुख रिचार्ड स्कुडामोरले भने, बेलायत तथा विश्वका अन्य देशहरुमा प्रिमियर लिग सैबभन्दा धेरै रुचाइन्छ र यसले काल्र्सबर्गलाई विश्वकै प्रख्यात ब्राण्डको रुपमा अझ बढी परिचित गराउनेछ र हाम्रा लागि यो सबैभन्दा उत्कृष्ट साझेदार हो ।“
प्रिमियर लिग संसार मै सबैभन्दा चर्चित र प्रतिष्ठित च्याम्पियनशिप हो र नेपालमा पनि यसका प्रशंसकहरु बढिरहेको समयमा हामीले आउने महिनाहरुमा गर्ने प्रवर्धनात्मक कार्यक्रमहरुले नेपाली प्रशंसकहरुको मन जित्दै जानेछ । यस सम्झौताले उपभोक्ताहरु माझ उर्जा थप्नेछ र वहाँहरुले आउने शिजनको खेलहरु अझ उत्सुकताका साथ हेर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु, गोर्खा बु्रअरीका बजार निर्देशक पल क्लाउडेपेरिले भने ।
काल्र्सबर्गका लागि फुटबल एउटा अभिन्न हिस्सा हो र विगत ४० वर्षदेखि काल्र्सबर्ग यो खेलसँग सम्बन्धित छ । विभिन्न मिडियाहरुका मद्दतले अन्तराष्ट्रिय फुटबल प्रतियोगिताहरु मज्जाले हेर्न पाउने हुँदा नेपालमा पनि फुटबलका प्रशंसकहरुको संख्या बढ्दै गइरहेको छ । यस साझेदारी पश्चात् काल्र्सबर्गले फुटबलका प्रशंसकहरुलाई विभिन्न अभियानहरु मार्फत संलग्न गराइरहनेछ ।

Tata
GBIME
Nepal Life