सामसङको नाफा ७६ प्रतिशतले बढेपछि छ अर्ब नाघ्यो, २०१२ मा छ करोड स्मार्टफोनको विक्री

बिजमाण्डू
२०६९ माघ १२ गते ००:०० | Jan 25, 2013
सामसङको नाफा ७६ प्रतिशतले बढेपछि छ अर्ब नाघ्यो, २०१२ मा छ करोड स्मार्टफोनको विक्री

सोल । सामसङ इलोक्ट्रोनिक्सको मुनाफा ७६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको अन्तिम त्रैमासिकमा प्रकासित आर्थिक प्रतिवेदन अनुसार सामसङको नाफा ७६ प्रतिशतले बढेको हो । सामसङको नाफा अत्यधिक बढ्नुमा उसले बजारमा ल्याएको स्मार्टफोन भएको विश्लेषकहरुले बताएका छन् ।
कम्पनीले अन्तिम त्रैमासिकमा छ अर्ब छ करोड डलर मुनाफा गरेको थियो जबकी अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको नाफा चार अर्ब दुई करोड डलर मात्रै थियो ।
यो अवधिमा कम्पनीले मोबाइलमा हुने मुनाफा दोब्बर भएको जनाएको छ । गत वर्ष सामसङ विश्वको सबैभन्दा ठूलो स्मार्टफोन बनाउने कम्पनीमा स्थापित भएको थियो । सामसङले एप्पललाई दोस्रो स्थानमा पछि पार्दै पहिलो कम्पनी बनेको थियो । सियोलको मेरिट्ज सेक्युरिटीका ली सी चुलले कम्पनीको नाफाको अवस्था निरन्तर हुने बताए ।
‘स्मार्टफोनको बिक्री बढिरहेको छ, पहिलो त्रैमास केही कमजोर देखिएको थियो,’ उनले भने, ‘सामसङले राम्रो उत्पादन बजारमा ल्याएर यसलाई उकास्न सफल भयो ।’ सामसङले स्मार्टफोन बिक्रीको कुनै  तथ्यांक दिएको छैन । तर कम्पनीले अन्तिम त्रैमासिकसम्ममा छ करोड ३० लाख स्मार्टफोन बजारमा लगेको छ ।
स्मार्टफोनमा प्रतिस्पर्धी एप्पलको अमेरिकी बजार १२ प्रतिशतले घटेको देखिएको छ । स्मार्टफोनमा एप्पलले आफ्नो बजार हिस्सा गुमाउँदै गइरहेको बेला पनि कम्पनीले ५५ अर्ब डलर आम्दानी गरेको छ । कम्पनीको आइफोन–५ लाई पनि उपभोक्ताले खासै रुचाएको पाइएको छैन । सामसङले भने ग्यालेक्सी सेग्मेन्टका स्मार्टफोन र ट्याब्लेटको बिक्रीले नाफालाई उच्च बनाएको जनाएको छ ।

Tata
GBIME
Nepal Life