डलर थप कमजोर बन्यो, स्थानीय बैंकले मंगलवार प्रतिडलर ८६ रुपैयाँ तल कारोवार, अझै घट्ने

२०६९ माघ ९ गते ००:००
डलर थप कमजोर बन्यो, स्थानीय बैंकले मंगलवार प्रतिडलर ८६ रुपैयाँ तल कारोवार, अझै घट्ने


काठमाडौं । डलरसँगको विनिमयमा नेपाली मुद्रा वितेको तीन महिना यताकै बलियो बनेको छ । मंगलवारका लागि नेपाली मुद्रा डलरसँगको सटहीका लागि ८६ तल आएको छ । नेपाल राष्ट्र बैंकले मंगलवारका लागि एक डलरको विक्री दर ८६ रुपैयाँ ४० पैसा तोके पनि डलरको सबैभन्दा ठूलो कारोवार गर्ने नेपाल इन्भेष्टमेन्ट बैंकले ५५ पैसा तल ८५ रुपैयाँ ८५ पैसा तोकेका छ । यो पछिल्लो तीन महिनामा सबैभन्दा न्युन हो ।
भारतमा सरकारले सुन आयातमा कर थपेपछि त्यहाँको स्थानीय मुद्रा बलियो भयो । भारतीय मुद्रासँग स्थिर विनिमय दर भएको नेपाली मुद्रामा त्यसको असर परेको हो । भारतमा मंगलवार बिहान प्रतिडलर ५३.४१ भारुमा कारोवार भयो । यो आधारमा नेपालमा पनि डलरको सटही दर अझ कम हुने अपेक्षा गरिएको छ । भारतमा विदेशबाट सुन खरिद गर्नका लागि दैनिक १५ देखि १७ करोड डलरको माग हुने गरेको छ । सरकारले सुनमा लगाएको करलाई  दुर्इ प्रतिशत विन्दुले बढाएर छ प्रतिशतमा पुर्याएपछि सुनको आयात कम हुने अपेक्षा गरिएको छ । सुन खरिद गर्न डलरको माग कम हुने भएपछि त्यसको असर डलर र भारुको विनिमयमा परेको हो ।


Sunrise Bank
TATA
GBIME